Posts

काेभिड-१९ संक्रमितकाे संख्या १३४ पुग्याे

Image
२९ वैशाख, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार साँझ विज्ञप्ति जारी गरी कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १३४ पुगेकाे छ ।  कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका– ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍( ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका-५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा ...

लकडाउन उल्लंघनमा ईमिलिया वासि सक्रिय

Image
सवहर्वस के. सी. , २०७७ बैशाख २१ गते आइतबार   कपिलवस्तु जिल्ला बुद्धभूमी नगरपालिका ९ ईमिलिया निवासी मानिसहरूद्धारा नेपाल सरकारले आव्हान गरेकाे लकडाउन कार्यक्रमलाई जथाभावी उल्लघंन गरिएको पाईएकाे छ। जसमा साेहि नगरपालिका ९ बाट निर्वाचित जनप्रतिनिधि लगायतका वुद्धिजीवी राजनीनिज्ञहरू लकडाउन उल्लंघनमा सामेल रहेका छन् । उनीहरूकाे लकडाउन उल्लंघनकाे थलाे ईमिलियामा रहेकाे मन्दिर बनेकाे छ। ईलाका प्रहरी गाेरूसिङ्गेका प्रहरीहरू घुमिरहेकाेे अवस्थामा मन्दिरमा जम्मा भई बसेका मानिसहरूलाई देखेपछि घर जान अनुराेध गर्दागर्दै नतेरी आनाकानी गरेकाे देखिन पाईरहेकाे छ। जनप्रतिनिधि नै नेपाल सरकारद्वारा आव्हान गरेकाे लकडाउनमा सक्रिय भएकाे पाइएकाे छ। कपिलवस्तु जिल्लामा प्रशासनद्धारा अझ कडाइ गर्नुपर्ने देखिएकाे छ।

चैत मसान्तसम्म सावा र ब्याज असुली नगर्न बैङ्क तथा वित्तीय संस्थाहरुलाई सरकारको निर्देशन

Image
काठमाडौँ । सरकारले चैत मसान्तसम्म कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली नगर्न बैँक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ। यो निर्देशन गैरबैङ्किङ वित्तीय संस्थाको हकमा पनि लागु हुनेछ।  अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।  बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित (डिसइन्फेक्टेन्ट) गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन पनि नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । निर्णय यश प्रकारकाे छ ।

बुद्धभूमिमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा १ को मृत्यु

Image
     बुद्धभूमि नगरपालिका वडा न २ बडहराम मोटरसाइकलले साइकललाई ठक्कर दिदा १ जनाको ज्यान गएको छ। पश्चिम  पुर्व राजर्मागमा पश्चिमबाट  पुर्वजादै गरेको लु ५६ प ३०५९ नम्बरको मोटरसाइकलले पूर्वबाट पश्चिम तर्फ जादै गरेको साइकललाई ठक्कर दिदा बडहराका वर्ष ६८ का कमल पोख्रेलको मृत्यु भएको छ। घाइते पोख्रेललाई गोरुसिंगेको बुद्ध पोलिकिल्निकमा सामान्य उपचार पछि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ। मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेका छन। फरार चालकलाई खोजीकार्य भैरहेको इलाक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।

लाेक सेवा आयाेगद्वारा कृषि विकास बैंककाे परीक्षा कार्यतालिका प्रकाशित, हेर्नुहाेस कार्यतालिका

Image
कृषि विकास बैंक लिमिटेडकाे मिति २०७६/०३/३१ गतेकाे पूर्व प्रकाशित विज्ञापनअनुसार विभिन्न पदकाे आ. प्र. खुला तथा समावेशी तर्फकाे प्रतियाेगितात्मक लिखित परीक्षाकाे परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र मिति २०७६/०९/०९ गतेकाे निर्णयानुसार निम्न मितिमा निम्न परीक्षा केन्द्रमा सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबैकाे जानकारीका लागि लाेक सेवा आयाेगद्वारा सूचना प्रकाशित गरिएको छ । Agricultural Development Bank Written Exam Schedule and Exam Center 2076: Public Service Commission, Security Branch, and Organized Institute Division, Examination Branch Internal Competition, Open and Inclusive Competitive Written Examination Schedule and Date of Examination Advertisement Date published: 2076/03/31 For the information of all concerned, as the Agricultural Development Bank Limited's pre-published advertisement commission was conducted on the date of 2076/06/13, the competitive written examination program on an open and inclusive date was co...

नेपालकाे आर्थिक विकासमा नेपाल राष्ट्र बैंककाे भूमिका

Image
                              देशमा आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगाे विकासका लागि मूल्य स्थिरता र शाेधनान्तर स्थिरता कायम गर्ने र यसको लागि आवश्यक माैद्रिक नीति तथा विदेशी विनिमय नीति निर्माण गरी साेकाे व्यवस्थापन गर्ने, गराउने जिम्मेवारी दिइएको नेपाल राष्ट्र बैंक नेपालकाे केन्द्रीय बैंक हाे । नाेट निष्काशन गर्ने, सरकारकाे बैंककाे रूपमा आर्थिक सल्लाह दिने, साख नियन्त्रण र नियमित गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र प्रदान गर्ने तथा तिनीहरूकाे संरक्षण र नियन्त्रण गर्ने, बैंकहरूकाे पनि बैंककाे रूपमा कार्य गर्ने, कुनै पनि देशको सर्वाेच्च बैंक नै केन्द्रीय बैंककाे रूपमा नेपाल राष्ट्र बैंककाे स्थापना भएको छ । नेपाल राष्ट्र बैंकले विद्यमान कार्यहरूकाे माध्यमबाट नेपालकाे आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकाे छ । नेपाल राष्ट्र बैंकले नेपाकाे आर्थिक विकासमा निम्नानुसार भूमिका खेलेको हुन्छ :- १) देशमा वित्तीय सेवाकाे पहुँच अभिवृद्धि गर्ने, २) बैंक तथा वित्तीय क्षेत्रका...

सुशासन र संस्थागत सुशासन सम्बन्धी जानकारी

Image
सुशासनकाे अवधारणा     सामान्य अर्थमा सुशासन भन्नाले राम्रो शासन अर्थात् असल ढंगबाट शासन गर्ने भन्नेे बुझिन्छ ।  जनताको हित र कल्याणलाई सर्वाेपरी ठानी पारदर्शी, उत्तरदायी, सहभागीतामूलक, समन्वयक, सुदृढ, स्वच्छ, सक्षम तथा कुशल विधिवत शासन नै सुशासन हाे ।  उपलब्ध श्राेत, साधन र अवसरकाे समानुपातिक वितरण भई जनताकाे निरन्तर समृद्धि भएमा मात्र शासन उच्चतम अवस्थामा पुग्दछ । यसरी उच्चतम अवस्थालाई नै सुशासन भनिन्छ । विस्तृत रूपमा भन्नुपर्दा, राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताकाे आवश्यकताअनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सराेकारवालाहरूकाे सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटोछरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई  आम नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनुलाई नै सुशासन भनिन्छ । सुशासन राज्यको शासकीय कुशलता समेट्ने नविनतम रणनीति हाे । यसले शासकीय व्यवस्थामा  आम जनताकाेे सहभागिता श्राेत र साधनको न्यायाेचित वितरण, अनुमान याेग्य कार्य सम्पादन, कानुनी शासनकाे प्रत्याभूती गर्नुका साथै पारदर्शिताकाे पूर...

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

Image
व्यवस्थापन सूचना प्रणालीकाे परिचय       कार्यालयमा व्यवस्थापनले निर्णय गर्ने, नीति निर्माण गर्ने एवम् याेजना तर्जुमा गर्नुपर्ने हुन्छ । व्यवस्थापनले गर्ने यस्ता कार्यहरूका लागि  आवश्यक पर्ने सूचना एवं तथ्यांक संकलन गर्ने, प्रशाेधन गर्ने र व्यवस्थापन समक्ष पेश गरी  व्यवस्थापनलाई सहयाेग गर्ने संयन्त्रलाई व्यवस्थापन सूचना प्रणाली (Management Information System - MIS) भनिन्छ । अर्काे शब्दमा भन्नुपर्दा,  व्यवस्थापनका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचनाहरू एकिकृत र परिस्कृत रूपमा एकै थलाेबाट उपलब्ध गराउने प्रद्वतीलाई व्यवस्थापन सूचना प्रणाली भनिन्छ ।   याे व्यवस्थापकहरूलाई नर्णय गर्दा सहयोग गर्ने एक महत्त्वपूर्ण प्रणाली हाे ।  व्यवस्थापन सूचना प्रणाली ( Management Information System) सूचना प्रविधिमा  आधारित व्यवस्थापनकाे सिद्धान्त हाे । निर्णयका लागि  आवश्यक पर्ने सूचनाको संकलन, विकल्पहरूकाे पहिचान, विकल्पहरूकाे छनाैट गरी उपयुक्त निर्णयमा पुग्नका लागि कम्प्युटरमा  आधारित सूचना उपलब्ध गराउन  आवश्यक व्यवस्था  व्यवस्थापन स...