चैत मसान्तसम्म सावा र ब्याज असुली नगर्न बैङ्क तथा वित्तीय संस्थाहरुलाई सरकारको निर्देशन



काठमाडौँ । सरकारले चैत मसान्तसम्म कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली नगर्न बैँक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ। यो निर्देशन गैरबैङ्किङ वित्तीय संस्थाको हकमा पनि लागु हुनेछ।  अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।  बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित (डिसइन्फेक्टेन्ट) गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन पनि नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । निर्णय यश प्रकारकाे छ ।


Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी