बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी




बैंक हिसाब भिडानकाे परिचय
- बैंक हिसाब मिलान विवरणले संस्थाको बैङ्कको हिसाब तथा बैङ्कले संस्थाको निक्षेपको हिसाबमा कुनै कारणले फरक रहेको भए उक्त फरक आउनुको कारण चित्रण गर्ने गर्दछ । यो विवरण संस्थाले वित्तीय ठगि राक्नको लागी प्रयोग गर्ने महत्वपूर्ण औजार पनि हो र यो विवरण हरेक संस्थामा नियमित रूपमा तयार गर्ने गरिन्छ ।
बैंकले देखाएको मौज्दात र कार्यालयको अभिलेखबाट देखिने बैंक मौज्दात कारोबार बनाउने प्रक्रिया नै बैंक हिसाब मिलान हो ।
बैंक हिसाब भिडान विवरण यस्तो प्रक्रिया हाे जसले संस्थाकाे आफ्नाे नगद काराेबारकाे अभिलेख र साेही संस्थाको बैंक अभिलेखमा रहेको माैज्दातकाे सम्भावित भिन्नता र साेकाे कारण पत्ता लगाउन सहयाेग गर्दछ । उक्त दुई खाताहरूबीचकाे भिन्नता काराेबारकाे समय वा अन्य सम्भावित कारण बाट हाे अथवा अभिलेख गल्ती हाे पत्ता लगाउनु नै बैंक हिसाब भिडान विवरणकाे प्रमुख उद्देश्य हाे ।
नगदी पुस्तिका र बैंक विवरणले देखाएकाे माैज्दातबीच कुनै भिन्नता भएमा ती भिन्नताहरू के कति कारणले उत्पन्न भएका हुन् पत्ता लगाई तिनीहरूकाे समायाेजन गर्न तयार गरिने लेखात्मक विवरण नै बैंक हिसाब भिडान विवरण हाे ।
व्यवसायीले बैंकमा जम्मा गरेको रकम र त्यसबाट झिकेको रकमको अर्थात बैकसंग भएको सम्पूर्ण कारोवारको लेखा बैंक नगदी कितावमा राख्ने गर्दछ । जहाँ बैकमा रकम जम्मा गर्दा डेबिट र बैंक बाट रकम झिक्दा वा खर्च गर्दा क्रेडिट गर्ने  गरिन्छ । त्यसरी नै बैंकले पनि आफ्ना ग्राहकहरुसंग भएको कारोवारको लेखा राखी त्यसको प्रतिलिपि ग्राहकलाई प्रदान गर्दछ जसलाई बैंक पासा बुक भनिन्छ । यस खातामा बैंकले ग्राहकबाट रकम प्राप्त गर्दा वा बैंकमा रहेको ग्राहकको खातामा रकम जम्मा हुँदा क्रेडिट गर्ने र ग्राहकको खाताबाट रकम झिक्दा वा खर्च गर्दा डेबिट गर्ने गर्दछ ।
 - बिशेष अवश्थामा बाहेक प्रायः बैंक नगदी किताबले Dr. Balance र पासबुकले Cr. Balance देखाउदछ । यी खाताहरुले देखाउने balance सदैब बराबर हुनुपर्छ । तर ब्याबहारमा सो नहुन सक्दछ । अत: बैंक  नगदी कितावले देखाउने Balance र बैंक पास बुकले देखाउने balance किन फरक पर्यो वा किन मिल्न सकेन भनि एउटा निश्चित समयमा तयार गरिने बिवरण नै Bank Reconciliation Statement हो । अर्थात BRS त्यो बिवरण हो जसले Bank Pass Book ले देखाउने Balance र Bank Cash Book ले देखाउने Balance मा अन्तर पार्ने तत्वहरुलाई औल्याउदछ ।
- जे. आर. ब्याट्लीबाेईका अनुसार "एक निश्चित समयमा नगदी किताबकाे बैंक महल र पासबुकले देखाउने माैज्दात बीचकाे अन्तरका कारणहरू पत्ता लगाउने उद्देश्यका साथ निश्चित अवधिमा तयार गरिने विवरणलाई बैंक हिसाब भिडान विवरण भनिन्छ ।" (Bank Reconciliation Statement is prepared at periodical intervals with a view to indicate the items which cause disagreement between the balance as per the bank columns of the cash book and the passbook on given date.)

बैंक हिसाब भिडानकाे उद्देश्य तथा महत्त्व
१) बैंक नगदी किताव र बैंक पास बुकले देखाउने मौज्दातमा फरक           पर्नुका कारणहरु पत्ता लगाउनु ।
२) यी खाताहरु (बैंक नगदी किताव र बैंक पास बुक) मा प्रविष्टि गर्दा         भए गरेका गल्तिहरु पत्ता लगाउनु ।
३) कोषको वास्तविक अवस्था पत्ता लगाई सोको हिनामिना रोक्न             समेत सघाउ पुर्याउनु ।
४) चेक कलेक्सनमा हुन सक्ने ढिलासुस्तीका कारणहरु पत्ता लगाउनु ।
५) नगद र बैंकिङ काराेबारकाे शुद्धता प्रमाणित गर्नु,
६) नगद काराेबारलाई पारदर्शी बनाउनुका साथै नगदकाे प्रभावकारी         सञ्चालन गर्न मद्दत गर्नु,
७) अन्तिम खाता निर्माणमा सहयाेग गर्नु,
८) अप्रतिष्ठित चेक तथा विनिमयपत्रकाे कारण सहित जानकारी दिनु ।

बैंक नगदी किताब र पासबुककाे माैज्दात फरक पर्नुका कारणहरू
- भुक्तानी गर्न बाँकी चेकहरू
- जम्मा भइनसकेका चेकहरू
- बैंकलेे सिधै गरेका संकलनहरू
- बैंकले सिधै गरेकाा भुक्तानीहरू
- गल्तीहरू
cheque dishnour भएमा
खातामा एटिएम शुल्क, कमिसन जस्ता charge काटिएमा
– Standing Instruction अनुसार बैंकले रकम भूक्तान गरेमा
– Pass book/Cash book मा डेविट तथा क्रेडिट तर्फ overcharged तथा undercharged भएमा

उक्त कारणहरूलाई यसरी देखाउन सकिन्छ :-
- चेक जारी गरिएको तर भुक्तानीका लागि बैंकमा प्रस्तुत नभएको (Cheque issued but not presented for payment into bank)
- चेक बैंकमा जम्मा गर्न पठाइएको तर बैंकले संकलन नगरिदिएकाे (Cheque paid into bank but not collected by bank)
- चेक बैंकमा जम्मा/भुक्तानी गर्न पठाइएको तर बैंकले अप्रतिष्ठित वा बदर गरिदिएकाे (Cheque sent for deposit/payment but dishonoured by bank)
- खातावालाकाे तर्फबाट बैंकले सिधै जम्मा गरिदिएका रकमहरू (Amount directly collected by bank on behalf of accountholder)
- खातावालाकाे तर्फबाट बैंकले सिधै भुक्तानी दिएका रकमहरू (Any amount directly collected by bank on behalf of accountholder)
- नगद पुस्तिका वा पासबुककाे डेबिट तर्फ भएको गलत प्रविष्टि (Wrong entry in debit side of cash book or pass book)
- नगद पुस्तिका वा पासबुककाेे क्रेडिट तर्फ गलत प्रविष्टि (Wrong entry in credit side of cash book or pass book)
- नगद पुस्तिकाकाे वा पासबुकमा रकम बढी यन थाेरै देखिनु (Amount overcast or undercast in cash book or pass book)
- चेक जारी गरिएको तर नगदी पुस्तिकामा अभिलेख नराखिएको (Cheque issued but not recorded in cash book)
- चेक जम्मा गर्न पठाइएको तर नगदी पुस्तिकामा अभिलेख नराखिएको (Cheque paid into bank but not recorded into cash book)

बैंक हिसाब भिडान तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू
- नगद पुस्तिकाकाे डेबिट भन्नु नै पासबुककाे क्रेडिट हाे ।
- नगद पुस्तिकाले क्रेडिट माैज्दात देखाउनु भन्नू नै पासबुककाे डेबिट माैज्दात हाे ।
- पासबुकमा डेबिट पक्षमा रकम पाेष्टिङ्ग गर्नुकाे मतलब खातावाला वा अन्य पक्षलाई भुक्तानी गर्नु हाे जसले पासबुक घटाउँछ । क्रेडिट पक्षमा पाेष्टिङ्ग गर्नुकाे अर्थ खातावालाकाे नाममा रकम जम्मा हुनु हाे जसले पासबुक बढाउँछ ।
- नगद पुस्तिकामा डेबिट पक्षमा रकम प्रविष्टि गर्नुकाेे अर्थ व्यवसायले नगद प्राप्त गर्नु हाे जसले गर्दा नगद पुस्तिकाकाे माैज्दात बढ्छ भने क्रेडिट पक्षमा प्रविष्टि गर्नुकाे अर्थ भुक्तानी गर्नु हाे जसले गर्दा नगद पुस्तिकाकाे माैज्दात घट्छ ।
- नगद पुस्तिकाकाे माैज्दातकाेे आधारमा हिसाब भिडान गर्दा पासबुकसँग बराबर बनाउन जाेड्नु पर्ने भए जाेड्ने घटाउनु पर्ने भए घटाउने ।
- पासबुककाे माैज्दातकाे आधारमा हिसाब भिडान गर्दा नगद पुस्तिकासँग बराबर बनाउन जाेड्नु पर्ने भए जाेड्ने घटाउनु पर्ने भए घटाउने ।

नगदी किताब र पासबुक घट्ने वा बढ्ने अवस्था :-
- Cheque issued but not presented for payment
- Cheque paid but not credited
- Interest on deposit credited by bank but not enterde in cash book
- Cheque directly deposited by bank but not entered in cash book
- Interest credited by bank but not entered in cash book
- Amount collected by debtors and depositers but not recorded in cash book
- Bank charges charged by bank but not entered in cash book
- Direct payment by bank on behalf of customer
- Dishonour of bill or cheque discount with bank.


-- संकलक :- सवहर्वस केे. सी. (विनोद)

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार