नेपालकाे आर्थिक विकासमा नेपाल राष्ट्र बैंककाे भूमिका

  

          
               देशमा आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगाे विकासका लागि मूल्य स्थिरता र शाेधनान्तर स्थिरता कायम गर्ने र यसको लागि आवश्यक माैद्रिक नीति तथा विदेशी विनिमय नीति निर्माण गरी साेकाे व्यवस्थापन गर्ने, गराउने जिम्मेवारी दिइएको नेपाल राष्ट्र बैंक नेपालकाे केन्द्रीय बैंक हाे । नाेट निष्काशन गर्ने, सरकारकाे बैंककाे रूपमा आर्थिक सल्लाह दिने, साख नियन्त्रण र नियमित गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र प्रदान गर्ने तथा तिनीहरूकाे संरक्षण र नियन्त्रण गर्ने, बैंकहरूकाे पनि बैंककाे रूपमा कार्य गर्ने, कुनै पनि देशको सर्वाेच्च बैंक नै केन्द्रीय बैंककाे रूपमा नेपाल राष्ट्र बैंककाे स्थापना भएको छ । नेपाल राष्ट्र बैंकले विद्यमान कार्यहरूकाे माध्यमबाट नेपालकाे आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकाे छ । नेपाल राष्ट्र बैंकले नेपाकाे आर्थिक विकासमा निम्नानुसार भूमिका खेलेको हुन्छ :-
१) देशमा वित्तीय सेवाकाे पहुँच अभिवृद्धि गर्ने,
२) बैंक तथा वित्तीय क्षेत्रकाे स्थायित्व कायम गर्ने,
३) बैंक तथा वित्तीय प्रणालीप्रती सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि         गर्ने,
४) सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीकाे विकास गर्ने,
) नेपाल सरकारकाे आर्थिक नीति कार्यान्वयनमा सहयोग पुर्‍याउनेे,
६) बैंक नाेट तथा सिक्का निष्काशन गर्ने,
७) देशमा माैद्रिक नीति, विदेशी विनिमय नीति, कर्जा नियन्त्रण लगायतका         अन्य नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्ने,
८) मुन्द्राकाे माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने,
९) विनिमय दर प्रद्धती निर्धारण गर्ने,
१०) अर्थ मन्त्रालय मार्फत नेपाल सरकारसँग वित्तीय नीति तर्जुमा गर्ने तथा        अन्य आर्थिक नीति निर्माण गर्ने कार्यमा समन्वय कायम गर्ने,
११) विदेशी विनिमय सञ्चितिकाेे व्यवस्थापन र सञ्चालन गर्ने,
१२) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैंकिङ्ग तथा वित्तीय काराेबार गर्न       इजाजतपत्र जारी गर्ने, त्यस्तो काराेबारकाे सम्बन्धमा आवश्यक                  नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
१३) वाणिज्य बैंक तथा वित्तीय संस्थाका लागि अन्तिम ऋणदाताकाेे रूपमा        कार्य गर्ने,
१४) बचत परिचालन गर्ने,
१५) राष्ट्रिय अन्तर्राष्ट्रिय बैंकिङ्ग, वित्तीय तथा आर्थिक क्षेत्रसँग सम्बन्धित            संघसंस्थाहरूमा नेपालकाे केन्द्रीय बैंकको हैसियतले प्रतिनिधित्व गर्ने,
१६) देशकाे आर्थिक तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित विषयहरूमा                      अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्ने, जसले गर्दा देशको आर्थिक        तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित नीति तथा याेजना निर्माण गर्न मद्दत            पुग्दछ ।
१७) ट्रेेजरी बील, विकास ऋणपत्र आदि जारी गरेर ऋण व्यवस्थापनकाे               कार्य गर्ने,
१८) भुक्तानी सन्तुलन कायम गर्ने,
१९) भुक्तानी फछ्र्यौट तथा हिसाब मिलान पद्धतिकाे स्थापना तथा प्रवर्द्धन         गरी साे कार्यलाई नियमित गर्ने,
२०) नेपालमा रहेका बैंकिङ क्षेत्रकाे विकास तथा प्रवर्धनकाे लागि बैंकिङ           प्रवर्धनात्मक कार्य गर्ने,
२१) तरलता व्यवस्थापनकाे निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार काराेबार सञ्चालन गर्ने,
२२) अर्थतन्त्रको माैद्रिकीकरण गर्ने आदि ।

-- संकलक :- सवहर्वस के. सी. (विनोद)

Comments

Post a Comment

Thanks you for comment

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी