कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व
व्यवस्थापन सूचना प्रणालीकाे परिचय कार्यालयमा व्यवस्थापनले निर्णय गर्ने, नीति निर्माण गर्ने एवम् याेजना तर्जुमा गर्नुपर्ने हुन्छ । व्यवस्थापनले गर्ने यस्ता कार्यहरूका लागि आवश्यक पर्ने सूचना एवं तथ्यांक संकलन गर्ने, प्रशाेधन गर्ने र व्यवस्थापन समक्ष पेश गरी व्यवस्थापनलाई सहयाेग गर्ने संयन्त्रलाई व्यवस्थापन सूचना प्रणाली (Management Information System - MIS) भनिन्छ । अर्काे शब्दमा भन्नुपर्दा, व्यवस्थापनका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचनाहरू एकिकृत र परिस्कृत रूपमा एकै थलाेबाट उपलब्ध गराउने प्रद्वतीलाई व्यवस्थापन सूचना प्रणाली भनिन्छ । याे व्यवस्थापकहरूलाई नर्णय गर्दा सहयोग गर्ने एक महत्त्वपूर्ण प्रणाली हाे । व्यवस्थापन सूचना प्रणाली ( Management Information System) सूचना प्रविधिमा आधारित व्यवस्थापनकाे सिद्धान्त हाे । निर्णयका लागि आवश्यक पर्ने सूचनाको संकलन, विकल्पहरूकाे पहिचान, विकल्पहरूकाे छनाैट गरी उपयुक्त निर्णयमा पुग्नका लागि कम्प्युटरमा आधारित सूचना उपलब्ध गराउन आवश्यक व्यवस्था व्यवस्थापन स...
Comments
Post a Comment
Thanks you for comment