कपिलवस्तुमा प्रदेशस्तरीय कपिलवस्तु डान्सिङ्ग स्टार २०७६



    सवहर्वस के. सी.(विनाेद), २०७६/०७ ०१, कपिलवस्तु
          कपिलवस्तु जिल्लाकाे चन्दाैटामा रहेकाे  छमछमी कला केन्द्रले "हिड्ने छाै राखेर फरक साेच, बनाउने छाै फरक धार, वस्तीवस्तीमा लुकेका प्रतिभा बन्नेछ कपिलवस्तु डान्सिङ्ग स्टार" भन्ने नाराका साथ कपिलवस्तु डान्सिङ्ग स्टार २०७६ आयाेजना गर्दै छ । छमछमी कला केन्द्रले कपिलवस्तुकाे चन्दाैटामा रहि नेपाली कला संस्कृतिमा रहेका विकृति विसंगतिलाई जरैदेखि उखेल्नका लागि समयसमयमा धेरै सांस्कृतिक कार्यक्रमहरू आयाेजना गर्दै आएकाे छ । याे वर्ष पनि छमछमी कला केन्द्रले जिल्लामा मात्र नभई सिङ्गो प्रदेश नं. ५ मा छमछमी नचाउनका लागि प्रदेश नं. ५ स्तरिय कपिलवस्तु डान्सिङ्ग स्टार २०७६ आयाेजना गर्दै छ । छमछमी कला केन्द्रका अनुसार प्रदेश नं. ५ का सबै स्थानबाट र जुनसुकै उमेरकाले उक्त कार्यक्रममा सहभागी हुन पाउने कुरा खुलाएकाे छ । छमछमी कला केन्द्रले उक्त कार्यक्रममा सहभागी हुनका लागि मिति २०७६ असाेज २५ गतेदेखि आवेदन फारम खुल्ला गरेकाे र मिति २०७६ कार्तिक १५ गते आवेदन भर्ने समय सिधिने जानकारी दिएकाे छ । छमछमी कला केन्द्रले कपिलवस्तु डान्सिङ्ग स्टार २०७६ मा सहभागी हुनका लागि आवेदन फारम शुल्क रू. ५०० लाग्ने व्यवस्था गरेकाे छ । छमछमी कला केन्द्रले कपिलवस्तु डान्सिङ्ग स्टार २०७६ कार्यक्रकाे अडिसन हुने समय ताेकेकाे छ ।
पहिलाे अडिसन - मिति :- २०७६ कार्तिक १६ गते शनिबारकाे दिन
                        स्थान :- ताैलिहवामा रहेकाे तिलाैराकाेट हाेटलमा
                        समय :- विहान ठिक ११:०० बजे
दोस्रो अडिसन - मिति :- २०७६ कार्तिक १७ गते आइतबारकाे दिन
                      स्थान :- जितपुरमा रहेकाे सिद्धार्थ क्याम्पसकाे हलमा
                      समय :- विहान ठिक ११:०० बजे
तेस्रो अडिसन - मिति :- २०७६ कार्तिक १८ गते साेमबारकाे दिन
                     स्थान :- गाेरूसिङ्गेमा रहेकाे मायाज इन्टरनेशनल हाेटलमा
                     समय :- विहान ठिक ११:०० बजे
चाैथाे अडिसन - मिति :- २०७६ कार्तिक १९ गते मंगलबारकाे दिन
                      स्थान :- शिवराज नगरपालिका वडा नं. ५ काा कार्यालय हलमा, चन्दाैटा
                      समय :- विहान ठिक ११:०० बजे

छमछमी कला केन्द्रले कपिलवस्तु डान्सिङ्ग स्टार २०७६ कार्यक्रमका लागि नेपाली सिनेमा जगतमा निकै चर्चित र अब्बल नायिका र नेपाली सिनेमा निर्माता पुजना प्रधान, विगत १५ वर्षदेखि राजधानी काठमाडौंमा रहि नृत्य र अभिनय क्षेत्रमा धेरै नेपाली म्युजिक भिडियो खेलेर प्रचलित अभिनेता हरि शरण रिजाल र कपिलवस्तु जिल्लामा १५ वर्षदेखि जिल्लामै नृत्य र धेरै नेपाली म्युजिक भिडियाे खेलेर चर्चित अभिनेता सुमन पाैडेलहरूलाई निर्णायक बनाएकाे छ । छमछमी कला केन्द्रले कपिलवस्तु डान्सिङ्ग स्टार २०७६ मा प्रथम, द्वितीय र तृतीयसम्मका लागि पुरस्कारकाे व्यवस्था गरेकाे छ ।
प्रथम पुरस्कार - रू. १ लाख नगद पुरस्कार र अन्य गिफ्ट उपहार
द्वितीय पुरस्कार - रू. ५० हजार नगद पुरस्कार र अन्य गिफ्ट उपहार
तृतीय पुरस्कार - रू. २५ हजार नगद पुरस्कार र अन्य गिफ्ट उपहार

छमछमी कला केन्द्रले कपिलवस्तु डान्सिङ्ग स्टार २०७६ मा सहभागी हुनेका लागि आवेदन फारम प्रकाशन गरिसकेकाे छ । कपिलवस्तु डान्सिङ्ग स्टार २०७६ मा सहभागी हुन चाहनेहरूले तल रहेकाे आवेदन फारमका आधारमा सहभागी हुनुपर्नेछ ।



Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार