मुद्रास्फिति सम्बन्धि जानकारी




मुद्रास्फितिकाे परिभाषा
- वस्तु तथा सेवाहरूकाे सामान्य मूल्यस्तरमा हुने दिगाे र तिव्र वृद्धिलाई मुद्रास्फिति (Inflation) भनिन्छ ।
-  मुद्रास्फिति भनेकाे मुद्राकाे वस्तु तथा सेवाहरू खरिद गर्न सक्ने समार्थ्य घट्नु हाे । यसले निश्चित आय, गरिब र खास गरि ज्यालादारीमा काम गर्ने मजदुरहरूकाे क्रयशक्तिलाई नराम्रोसँग प्रभावित पार्छ ।
- समयकालमा मुद्रा मूल्य घट्ने स्थिति नै मुद्रास्फिति
 हाे ।
- अर्थशास्त्रका अनुसार मुद्रास्फिति भन्नाले वस्तु तथा सेवाकाे मूल्यमा हुने उतारचढावलाई वुझिन्छ ।
- सामान्य अर्थमा मुद्राकाे क्रमशक्तिमा हुने गिरावट वा मुद्रा वास्तविक मूल्यमा भएको कमीलाई मुद्रास्फिति भनिन्छ । उदाहरणका लागि, वि. सं. २०२० मा रू. ५ मा १०० किलाे चामल किन्न सकिन्थ्यो भने वि. सं. २०७६ मा आएर १०० किलाे चामलको मूल्य करिब रू. ५००० भएको छ, जुुन मुद्रास्फितिकाे कारणले भएको हाे ।
- सर्वसाधारणले प्रयाेग गर्ने समग्र वस्तु तथा सेवाहरूकाे औसत मूल्य स्तरमा निरन्तर भएको मूल्यवृद्धिकाे अवस्था मुद्रास्फिति हाे । यसकाे मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फिति भनिँदैन । यसकाे लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ ।
आर्थिक वर्ष २०७५/७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको छ ।
- बजारमा मुद्राकाे परिमाणमा वृद्धि भएपछि सँगसँगै वस्तु तता सेवाको उत्पादन वा आकृति बढेन भने मुद्राकाे क्रयशक्ति कम हुन्छ र यही अवस्थालाई मुद्रास्फिति भनिन्छ । यस्तो अवस्थामा वस्तु महँगो पर्ने भएकोले थाेरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।
मुद्रास्फितिकाे अवस्था त्यतिबेला मात्र सिर्जना हुन्छ, जतिबेला उत्पादनकाे तुलनामा माैद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ ।
मुद्रास्फिति कुनैपनि देशको पैसाको मूल्य घटेको अवस्था हो। यसले देशमा महँगी बढाउने र कृत्रिम अभाव जस्ता समस्याहरू पैदा गर्दछ। देशमा विदेशी मुद्राको सञ्चिति बढेको वा क्रयशक्ति घटेको अवस्थामा मूल्यस्फिति गरिन्छ।
- मुद्रास्फीति एक समय मा एक अर्थव्यवस्था मा वस्तुहरु र सेवाहरु को सामान्य मूल्य स्तर मा एक निरंतर वृद्धि हो। जब सामान्य मूल्यको स्तर बढ्यो, मुद्राको प्रत्येक एकाइले कम सामान र सेवाहरू खरीद गर्छ; फलस्वरूप, मुद्रास्फीति मुद्रा को क्रय शक्ति प्रति एकाइ मा कमी को प्रतिबिंबित गर्दछ - विनिमय दर र अर्थव्यवस्था भित्र खाता को एकाइ मा वास्तविक मूल्य को एक हानि। मुद्रास्फीति को मुद्रा मुद्रास्फीति दर, वार्षिक सामान्य मूल्य सूचकांकमा प्रतिशत परिवर्तन, सामान्यतया उपभोक्ता मूल्य सूचकांक, समयको साथमा।मुद्रास्फीतिको विपरीत भ्रामक हो।
- मुद्रास्फीति विभिन्न सकारात्मक र नकारात्मक तरिकामा अर्थव्यवस्थालाई असर गर्छ। मुद्रास्फीतिको नकारात्मक प्रभाव पनि पैसा पकड्ने अवसर लागतमा वृद्धि, भविष्यमा मुद्रास्फीतिमा अनिश्चितता जो लगानी र बचतलाई हतोत्साहित गर्न सक्छ, र यदि मुद्रास्फीति पर्याप्त भएमा उपभोक्ताको कमीले चिन्ता बढेको छ कि मूल्यहरु मा वृद्धि हुनेछ भविष्य। सकारात्मक प्रभाव को नाममात्र वेतन कठोरता को कारण बेरोजगारी को कम गर्न शामिल छ, केन्द्रीय बैंक को अधिक नीति को मुद्रा नीति को लागी अधिक लेवे को अनुमति दि्छ, ऋण र निवेश को धन को बदलन को बजाय प्रोत्साहित गर्न को लागी, र अपरेशन संग सम्बन्धित अक्षमता देखि बचने।
- अर्थशास्त्रीहरू सामान्यतः विश्वास गर्छन् कि मुद्रास्फीति र हाइपरिफेशनको उच्च दरले पैसा आपूर्तिको अत्यधिक वृद्धिको कारणले गर्दा।कुन कारकले मुद्रास्फीतिको न्यून मध्यम दर निर्धारण गर्दछ जसमा अधिक फरक छन्। कम वा मध्यम मुद्रास्फीति वस्तुहरू र सेवाहरूको लागि वास्तविक मागमा उल्टाउने वा उल्टाउनको लागि जिम्मेवार हुन सक्छ, वा उपलब्ध समयमा उपलब्ध आपूर्तिहरूमा परिवर्तनहरू। तथापि, सहमति अनुसार यो मुद्रास्फीतिको लामो समयसम्म बढ्दै गएको छ। आर्थिक विकासको दर भन्दा बढी।
- आज, अधिकतर अर्थशास्त्रीहरूले मुद्रास्फीतिको कम र स्थिर दरलाई समर्थन गर्छन्। न्यून (शून्य वा नकारात्मकको विरोधको रूपमा) मुद्रास्फीतिले आर्थिक बजारको गम्भीरता घटाउँछ, श्रम बजार सक्षम पार्छ र तीव्र गतिमा समायोजन गर्न सक्छ, र यसले अर्थव्यवस्थाको स्थिरताबाट लचीलापन तिरिएको नीतिलाई रोक्दछ। मुद्रास्फीति कम र स्थिरको दरलाई सामान्यतया मौद्रिक अधिकारहरूलाई दिइन्छ। सामान्यतया, यी मौद्रिक प्राधिकरणले ब्याज दर, खुला बजार संचालन र बैंकिंग रिजर्व आवश्यकताहरु को माध्यम ले स्थापित गरेर को माध्यम ले केंद्रीय बैंकगत नियंत्रण मौद्रिक नीति हो।
मुद्रास्फितिकाे प्रकार
- गतिका आधारमा
१) घस्रनेे मुद्रास्फीति (० - ३%)
२) हिड्ने मुद्रास्फीति (३ - १०%)
३) दाैड्ने मुद्रास्फीति (१० - २०%)
४) उफ्रने मुद्रास्फीति (२०% - माथि)
- उत्प्रेरणाका आधारमा
१) ज्याला प्रेेरित मुद्रास्फीति
२) नाफा प्रेेरित मुद्रास्फीति
३) दुर्वलता प्रेेरित मुद्रास्फीति
४) घाटा प्रेेरित मुद्रास्फीति
५) मुद्रा प्रेेरित मुद्रास्फीति
६) साख प्रेेरित मुद्रास्फीति
७) वैदेशिक व्यापार प्रेेरित मुद्रास्फीति
- समयका आधारमा
१) शान्तिकालिन मुद्रास्फीति
२) युद्धकालिन मुद्रास्फीति
- क्षेत्रका आधारमा
१) वृहत् मुद्रास्फीति
२) क्षेत्रगत मुद्रास्फीति
- सरकारी प्रतीक्रियाकाे आधारमा
१) खुल्ला मुद्रास्फीति
२) दमित मुद्रास्फीति
- राेजगारीका आधारमा
१) आंंशिक मुद्रास्फीति
२) पुर्ठ मुद्रास्फीति ।
मुद्रास्फीतिका कारणः 
माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि)
मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ।
क) केन्द्रीय बैंकले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैंकहरूले सिर्जना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि ।
ख) घाटाको सरकारी वित्त व्यवस्था
ग) जनसङ्ख्या वृद्धि
घ) कर कटौती
ङ) वैदेशिक ऋण, लगानी, सहायता र विप्रेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सिर्जना हुन्छ)
लागत वृद्धि मुद्रास्फीति (उत्पादन लागतमा वृद्धि)  
उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सिर्जना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ः
क) पुँजी लागतमा वृद्धि
ख) कच्चापदार्थको मूल्यमा वृद्धि
ग) ब्याजदरमा वृद्धि
घ) ज्यालादरमा वृद्धि
ङ) प्राकृतिक प्रकोप आदि ।
लगानीकर्तामा मुद्रास्फीतिको प्रभाव : 
मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखिम लिन चाहँदैनन् । त्यस्तै धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।
मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोेत्साहित नहुन सक्छन् ।
सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।
 मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । त्यसैले, लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।

-- सवहर्वस के. सी. (विनाेद)

Comments

Post a Comment

Thanks you for comment

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार