संविधानका प्रमुख विशेषता


वि. सं. २०७२ असाेज ३ गतेका दिन राष्ट्रपतिद्वारा नेपालकाे इतिहासमा पहिलाेपटक संविधानसभाले संविधान निर्माण गरि कार्यान्वयनमा आएकाे छ । नेपालकाे संविधान, २०७२ का विशेषताहरू निम्नानुसार रहेका छन् :-
१) संविधानसभाबाट जारी गरिएको पहिलो संविधान,
२) सार्वभौमसत्ता तथा राजकीयसत्ता नेपाली जनतामा निहित,
३) संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्वीकार,
४) संघ, प्रदेश र स्थानीय गरि तीन तहकाे राज्य संरचना,
५) संघीय र प्रदेश संसदबाट निर्वाचित संबैधानिक राष्ट्रपति,
६) संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख,
७) सुधारिएको संसदीय शासन प्रणाली,
८) दुई वर्षसम्म प्रधानमन्त्री विरूद्व अविश्वास प्रस्ताव ल्याउन नपाइने,
९) नेपाललाई धर्म निरपेक्ष राष्ट्रकाे रूपमा स्वीकार,
१०) मिश्रित निर्वाचन प्रणाली,
११) प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने,
१२) दुईतिहाईले संसाेधन गर्न सकिने,
१३) केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा सहित दुई सदनात्मक संघीय संसद,
१४) केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रीपरिषद्,
१५) प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य,
१६) राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनाेनित ३ सहित ५९ सदस्य,
१७) प्रदेशसभामा एक सदनात्मक, प्रदेशमा संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त             प्रदेश प्रमुख
१८) ३१ वटा माैलिक हककाे व्यवस्था,
१९) ३५ भाग ३०८ धारा र ९ अनुसूचीकाे बृहत् संविधान,
२०) प्रदेशमा प्रदेश संसदका कुल सांसदकाे २० प्रतिशतबाट नबढ्ने गरि मन्त्रीपरिषद्,
२१) प्रदेश संसदबाट संघीय संसदमा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक                  निर्वाचन प्रणालीबाट चुनिने,
२२) प्रदेश सिमांकन संघीय आयोगले टुङ्गाउने,
२३) प्रदेशकाे नामकरण प्रदेश संसदकाे दुईतिहाईले गर्ने व्यवस्था,
२४) प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले ताेकेकाे स्थानबाट कार्य             सञ्चालन हुने,
२५) संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारकाे अधिकार क्षेत्र विभाजन,
२६) आमा वा बाबू दुवैको नामबाट वंशज नागरिकता,
२७) गैरआवासीय नेपालीले पनि नागरिकता प्राप्त गर्न सक्ने,
२८) राष्ट्रिय महत्त्वकाे कुनैपनि विषयमा जनमत संग्रह गर्न सकिने,
२९)एकिकृत न्यायपालिका,
३०) केन्द्रमाा सर्वोच्च अदालत,
३१) प्रदेशपिच्छे उच्च अदालत,
३२) साबिक जिल्लामा जिल्ला अदालत,
३३) सर्वोच्च अदालतमा संवैधानिक इजलासकाे व्यवस्था,
३४) मधेसीफ थारू, मुस्लिम, आदिवासी जनजातिका लागि छुट्टाछुट्टै आयाेग,
३५) सबै मातृभाषा राष्ट्रभाषा,सरकारी कामकाजको भाषाकाे देवनागरिक लिपीमा नेपाली,
३६) राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्,
३७) जिल्ला प्रशासनिक इकाईका रूपमा रहने,
३८) जिल्लामा निर्वाचित जिल्ला सभा रहने,
३९) सरकार गठन गरणने आयाेगले एकवर्ष भित्र स्थानीय निकायकाे पुन: संंरचना गर्ने,
४०) स्थानीय निकायमा अन्तरिम चुनाव गर्ने संक्रमणकालीन व्यवस्था,
४१) चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित       व्यवस्थापिका संसदकाे सदस्यका रूपमा रहने,
४२) संविधान जारी भएको सात दिनमा प्रधानमन्त्री, बीस दिसमा सभामुख र एक महिनामा                  राष्ट्रपतिकाे निर्वाचन गर्न संक्रमणकालीन व्यवस्था,
४३) तीनवटै तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रका विषयमा कर लगाउन र ती श्राेतबाट               राजस्व उठाउन सक्ने,
४४) राज्यकाे तर्फबाट दिइने उपाधि सम्मान र विभूषण मन्त्रीपरिषद्काेे सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिने,
४५) नेपाली सेनाकाे परिचालनको सिफारिस गर्न प्रधानमन्त्रीकाे अध्यक्षतामा सुरक्षा परिषद्ककाे           व्यवस्था ।

-- संकलक :- सवर्वस के. सी. ( विनाेद)

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार