हालकाे बजेटका विशेषताहरू
हाल (आ. व. २०७६/७७) काे बजेटका विशेषताहरू
अर्थमन्त्री युवराज खतिवडाद्वारा वि. संं. २०७६ जेठ १५ मा आर्थिक वर्ष २०७६/७७ काे लागि कुल रू. १५ खर्ब ३२ अर्ब ९६ कराेड ७१ लाख राशिकाे आयव्ययकाे विवरण सहितकाे वार्षिक बजेट संघीय संसदकाे सयुक्त बैठकमा पेश गरेका थिए । उक्त आर्थिक वर्ष २०७६/७७ काे आयव्यय सहितकाे बजेटका विशेषताहरू निम्नानुसार रहेका छन् ।
अर्थमन्त्री युवराज खतिवडाद्वारा वि. संं. २०७६ जेठ १५ मा आर्थिक वर्ष २०७६/७७ काे लागि कुल रू. १५ खर्ब ३२ अर्ब ९६ कराेड ७१ लाख राशिकाे आयव्ययकाे विवरण सहितकाे वार्षिक बजेट संघीय संसदकाे सयुक्त बैठकमा पेश गरेका थिए । उक्त आर्थिक वर्ष २०७६/७७ काे आयव्यय सहितकाे बजेटका विशेषताहरू निम्नानुसार रहेका छन् ।
१) आ. व. २०७६/७७ मा ८.५ प्रतिशतकाे हाराहारीमा आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य,
२) आ. व. २०७६/७७ मा मुद्रास्फीति दर ६ प्रतिशत कायम रहने अनुमान,
३) ५ लाख राेजगारी सिर्जना गर्ने लक्ष्य लिएकाे,
४) जीवनस्तरमा गुणात्मक सुधार गर्ने, सामाजिक न्याय सहितकाे द्रुत आर्थिक विकास गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रकाे आधारशिला निर्माण गर्ने,
५) आगामी आर्थिक वर्षसम्ममा ७० जिल्लालाई पूर्ण साक्षर घाेषणा गरिने,
६) "चिनाैंआफ्नाे माटाे, बनाआैैं आफ्नैै देश" अभियान सञ्चालन गरिने,
७) सबै नेपालीलाई स्वास्थ्य विमाकाेे दायरामा ल्याउन मुलुकका सबै जिल्लामा स्वास्थ्य विमा याेजना कार्यक्रम सञ्चालन गरिने,
८) आगामी आर्थिक वर्षसम्ममा ९२ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवाकाे पँहुच पुर्याउने
९) प्रधानमन्त्री राेजगार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने,
१०) ७० वर्ष माथिका जेष्ठ नागरिकलाई साविकमा प्रदान गरिएकाे मासिक भत्ता रू. २००० बाट बढाई रू. ३००० पुर्याइएकाे,
११) अति अशक्त, अपांगता भएका, एकल महिला, लाेपाेन्मुख आदिबासी/जनजाति समेतलाई प्रदान गरिँदै आएकाे मासिक भत्तामा रू. १००० बढाईएकाे,
१२) "नेपालमा काेही भाेकै पर्दैन, भाेकले काेही मर्दैन" भन्ने प्रतिबद्वता पालना गर्ने कार्यक्रमहरू सञ्चालन गरिने,
१३) "युवाकाे जाँगर, समृद्धिकाे आधार" लाई सार्थक तुल्याउन आगामी आर्थिक वर्षमा युवा परिचालन वर्यकाे रूपमा मनाईने,
१४) आगामी आर्थिक वर्षसम्ममा सबैलाई स्वस्थ आहार अभियान जनस्तरसम्म पुग्ने गरि कार्यक्रम सञ्चालन गरिने,
१६) आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षकाे रूपमा मनाईने,
१७) "नेपालकाे पानी, जनताकाे लगानी" अभियान सञ्चालन गरि ३५०० मेगावाट क्षमताको जलविद्युत उत्पादन प्रकिया अगाडि बढाईने,
१८) आगामी आर्थिक वर्ष कम्तिमा १००० मेगावाट जलविद्युत राष्ट्रिय प्रणालीमा थप गरिने,
१९) तराई मधेश समृद्धि कार्यक्रमलाई निरन्तरता दिईने,
२०) "खाेलाैं बैंक खाता" अभियान सञ्चालन गरि आगामी आर्थिक वर्षकाे अन्त्यसम्ममा सबै वालिग नेपालीको बैंक खाता खाेलिने,
२१) ललितपुरकाे खुमलटारमा राष्ट्रिय ज्ञान पार्क स्थापना गरिने,
२२) राजपत्र अनंकित श्रेणीका कर्मचारीकाे २० प्रतिशत र रानपत्रांकित श्रेणीकाे कर्मचारीकाे १८ प्रतिशत तलब वृद्धि गरिएको,
२३) आयकर छुट हुने सीमा वृद्धि गरि व्यक्तिका लागि रू. ४ लाख र दम्पतीका लागि रू. ४ लाख ५० हजार पुर्याइएकाे,
२४) सबै नेपालीको बायाेमेट्रिक पहिचान र पृथक नम्बर सहितकाे राष्ट्रिय परिचयपत्र वितरण गरि दुईवटा वर्ष भित्र एक नेपालीले एक भन्दा बढी परिचयपत्र बाेक्नु नपर्ने व्यवस्था गरिने,
२५) आगामी २ वर्ष भित्र सुरक्षित छापाखाना स्थापना गरि राहदानी, बैंक नाेट लगायत सुरक्षण मुद्रण गर्न काभ्रेपलान्चोक जिल्लामा पूर्वाधार निर्माण गरिने,
२६) रात्रीकालिन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गरिने,
२७) आयाेजना प्रमुखकाे कार्य सम्पादन ९० प्रतिशत भन्दा कम भएकाे अवस्थामा बाहेक निजलाई सरूवा नगरिने,
२८) राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने,
२९) वि. सं. २०७६ देखि २०८५ काे दशकलाई सामुदायिक विद्यालय शैक्षिक गुणस्तर अभिवृद्धि दशककाे रूपमा अगाडि बढाइने,
३०) सबै बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य र माध्यमिक तहसम्म नि:शुल्क शिक्षा प्रदान गरिने,
३१) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाइने,
३२) निर्वाचन क्षेत्रमा खर्च गर्न सांसद (प्रतिनिधिसभा) लाई ६ कराेड दिइने,
३३) राष्ट्रपति शैक्षिक सुधार काेष स्थापना गरि सामुदायिक शिक्षामा गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने ।
-- प्रस्तुतकर्ता :- सवहर्वस के. सी. (विनाेद)
Comments
Post a Comment
Thanks you for comment