कर्जा सेवाकाे अवधारणा : लाेकसेवा विशेष


कर्जा सेवाकाे अवधारणाा
 - भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । सामान्यतया ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्क्षय तथा अप्रत्क्षय प्रत्याभुती पनि             पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ । यस अन्तर्गत बैंकले ब्यक्तिगत ग्राहकलाई सुन, चाँदी,             मुद्दती रसिद, नेपाल सरकारको ऋणपत्र, ट्रेजरी बिल, राष्ट्रिय बचतपत्र, विकास ऋणपत्र आदी धितो राखी कर्जा प्रदान गर्दछ ।
सामान्य अर्थमा बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकाे रूपमा संकलन गरेकाे रकम विभिन्न व्यक्ति, फर्म वा कम्पनीहरूकाे लागि पुँजीकाे रूपमा प्रवाह गरेकाे रकमलाई कर्जा भनिन्छ ।
अर्थ व्यवस्थामा सम्पूर्ण आर्थिक माैद्रिक तथा व्यावसायिक गतिविधिहरू साे सञ्चालन गर्नका लागि आवश्यक विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित पुँजी नै बैंक कर्जा हाे ।
बैंकिङ्ग व्यवसायमा बैंक कर्जा भन्नाले नियमित रूपमा व्याज भुक्तान गर्ने तथा निश्चित समयप्रश्चात् साँवा रकम फिर्ता गर्ने शर्त सहित कुनै चलअचल सम्पत्ति धिताे राखी वा नराखी कुनै व्यक्ति, फर्म वा कम्पनीलाई प्रवाहित रकमलाई वुझिन्छ ।
बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार  “कर्जा” भन्नाले बैंक वा वित्तीय संस्थाले व्यक्ति, फर्म, कम्पनी, संस्था वा अन्य व्यावसायिक प्रतिष्ठानलाई निश्चित अवधिभित्र साँवा, ब्याज वा अन्य दस्तुर बुझाउने गरी प्रवाह गरिएको रकम, प्रत्यक्ष वा अप्रत्यक्ष प्रत्याभूति, कर्जाको ब्याज वा अन्य दस्तुर, पुर्नकर्जा, कर्जाको पुनर्संरचना र नवीकरण, कर्जा चुक्ताको लागि जारी गरिएको जमानी तथा अन्य वचनबद्धता सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गरी तोकिदिएको कुनै पनि किसिमको ऋण समेतलाई जनाउँछ ।
कर्जा लगानी बैंक तथा वित्तीय संस्थाकाे लाभ आर्जन गर्ने प्राथमिक तथा महत्त्वपूर्ण श्राेत हाे ।

बैंकले प्रदान गर्ने कर्जाका प्रकारहरूसम्पादन

  • आबधिक कर्जा                                                                 
  • ओभरड्राफ्ट कर्जा
  • ट्रस्ट रिसिप्ट कर्जा/आयात कर्जा
  • डिमान्ड तथा अन्य चालु पुँजी कर्जा
  • रियल स्टेट कर्जा
  • आवासीय घर कर्जा
  • हायर पर्चेज कर्जा
  • बिपन्न बर्ग कर्जा
  • शिक्षा कर्जा
  • क्रेडिट कार्ड कर्जा
  • सवारी साधन कर्जा
  • आवधिक कर्जा
  • कृषि उत्पादन कर्जा
  • वैदेशिक राेजगार कर्जा
  • अधिविकर्ष कर्जा
  • सुन धिताे कर्जा
  • शेयर धिताे कर्जा
  • मुद्दती रसिद धिताे कर्जा
  • रिभल्भिङ कर्जा
  • लिजिङ्ग कर्जा
  • परियाेजना कर्जा
कर्जा प्रवाहका सिद्धान्तहरू
    बैंकको कर्जा निति तय गर्दा सरलिकरण, बढी भरपर्दो एबम बैज्ञानीक तवरबाट गरिनुपर्दछ । बैंकले कर्जा निति अबलम्बन गर्दा देहायका उल्लेखित सिद्दान्तहरु माथि ध्यान पुर्‍याउनु पर्दछ 
१) तरलताकाे सिद्धान्त
       बैंकमा ब्यक्ती तथा बिभिन्न संघ संस्थाहरु, कम्पनी, संस्थान आदी ठाउँबाट जम्मा हुन आएको निक्षेप रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ । उनिहरुले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने बैंकको दायित्व हो । तरलता भनेको निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने बैंकको क्षमता हो । बैंकले यस्तो क्षमतामा असर नपर्ने गरी कर्जा निति तय गर्नुपर्छ ।
२) मुनाफाको सिद्धान्त
        वास्तवमा मुनाफा र तरलता दुई बिपरित कुराहरु हुन । बैंकले मुनाफामा मात्र ध्यान दियो भने तरलताको मात्रा कम हुने त्यस्तै तरलतामा मात्र ध्यान दियो भने दिर्घकालिन लगानी हुन नसकी मुनाफाको मात्रा कम हुने हुन्छ । बैंकको मुल उद्धेस्य नाफा आर्जन गर्नु रहेको हुन्छ । यस्तो उद्धेश्य हासिल गर्नका लागि बैंकले उत्पादनशिल एबम उत्पादनमुलक ठाउँहरुमा कर्जा लगानी गर्नुपर्दछ ।
३) सुरक्षाको सिद्धान्त
         बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ता तथा शेयर हाेल्डरबाट संकलित रकमलाई कर्जाकाे रूपमा प्रवाह गर्ने हँदा बैंकले लगानी गर्दा सुरक्षाकाे सिद्धान्तलाई ध्यान दिनुपर्ने हुन्छ । निक्षेपकर्ता तथा लगानीकर्ताकाे हितकाे संरक्षण बैंक तथा वित्तीय संस्थाकाे प्रमुख दायित्व पनि हाे र यसकाे व्यवस्थापन सुरक्षाकाे सिद्धान्तबाट गर्न सकिन्छ ।
४) विविधिकरणकाे सिद्धान्त
         बैंकले कर्जा प्रबाह गर्दा एउटै प्रकारको धितोमा लगानी गर्नु हुँदैन । एउटै क्षेत्रमा पनि लगानी गर्नु हुँदैन । लगानिमा बिबिधिकरण भएमा कुनै एक क्षेत्रको कर्जा खराब भयो भने पनि अर्को क्षेत्रबाट मुनाफा आर्जन गरिरहेको हुन्छ ।
५) बजार योग्यताको सिद्धान्त
       बैंकले धितो जमानत राख्दा त्यस्तो प्रकारको धितो राख्नुपर्दछ जुन कर्जा असुली नभएको खन्डमा बजारमा तुरुन्तै लीलाम वा बिक्री गर्न सकियोस ।
६) सामाजिक दायित्व तथा राष्ट्रिय हितको सिद्धान्त
       समाज तथा राष्ट्रकाे आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाको भूमिका अपरिहार्य रहन्छ । सरकारी तवरबाट निर्मित वित्तीय कार्ययोजनाकाे स्थानीय तहमा कार्यान्वयन बैंक तथा वित्तीय संस्थाबाट नै हुन्छ ।


कर्जा प्रदान गर्ने मौलिक आधारहरुसम्पादन



  • बैयक्तिक चरित्र
कर्जा प्रदान गर्नु भन्दा अगाडि कर्जा प्रस्ताब गर्न आउने ब्यक्तिको नियत ठीक भएको र बैंकबाट लिएको कर्जा तिर्ने भावनाको छ वा छैन अध्ययन गर्नुपर्छ । ठगी वा जाल्साजी गर्ने नियतको हो वा होइन छुत्त्याउनुपर्छ । पहिला कुनै बैंक वा बित्तिय संस्था बाट कर्जा लिए नलिएको , लिएको भए कर्जा इतिहास कस्तो छ आदी कुरा बुझेर मात्र कर्जा लगानी गर्नुपर्दछ ।
  • योग्यता वा क्षमता
कर्जा प्रदान गर्न लागिएको ब्यक्ती वा संस्था करार ऐन २०५६ बमोजिम करार गर्न योग्य छ वा छैन भन्ने कुरा बिचार गर्नुपर्छ । यदी करार गर्न सक्षम ब्यक्ती हो भने उसको सैक्षिक योग्यता तथा कुन ब्यवसाय सँग सम्बन्धित हो आदी कुराहरु जानकारी लिनुपर्छ ।
  • पुँजी
कर्जा माग्न अाउने ब्यत्ति वा संस्थाले कति रुपैयाकाे लागी प्रस्ताव गर्न अाएकाे हाे साे कर्जाकाे मात्रा उसकाे अायस्थिती, चल अचल सम्पतिकाे बिचार गर्नुपर्दछ । साथै ब्यबसायकाे लागी माग्न अाएकाे अबस्थामा उसकाे ब्यबसायकाे प्रकृति, ब्यबसायमा लगानी गरेकाे पुँजीकाे मात्रा अादि कुराकाे बिश्लेषण गर्नुुपर्दछ ।
  • सुरक्षण
बैंकले कर्जा प्रदान गर्दा उचित धिताे वा सुरक्षण राख्नुपर्दछ । साथै उत्त धिताेकाे बजार भाउ कस्ताे छ अादि बिबिध कुरामा बिचार पुर्याउनु पर्दछ ।
  • कर्जा सुचना
बैंकले कर्जा प्रस्ताव गर्न अाएकाे ब्यत्तिकाे चरित्र, उसले कर्जा तिर्नसक्ने क्षमता, उसकाे सम्पतिकाे बिबरण र उसले सुरक्षणका लागी राखेकाे धिताेकाे बारेमा उसकाे नजिकका ब्यत्ति, छरछिमेक वा अन्य उसलाइ चिन्ने ब्यत्ति वा ब्यबसायी संगबाट सुचना लिन सकिन्छ । साथै ऋण तिर्न नसकी कालाे सुचीमा परेकाे हाे वा हाेइन साथै उसकाे कर्जा इतिहास कस्ताे छ अादि बारेमा अन्य बित्तिय संस्था, कर्जा सुचना केन्द्र अादिबाट सुचना लिनु पर्दछ ।
  • बाह्य वातावरण
बैंकले कर्जा प्रदान गर्दा राजनीतिक वातावरण, उसकाे सुरक्षणकाे बाहिरी स्थिति वा बजारमा बिश्वासयाेग्य, बिक्री याेग्य छ कि छैन अादि सम्पुर्ण बाहिरी पक्षसमेत मुल्यांकन गर्नुपर्दछ ।

-- संकलक :- सवहर्वस के. सी (विनाेद)

Comments

  1. loan process and loan management ko barema pani information pathaununa

    ReplyDelete

Post a Comment

Thanks you for comment

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार