भोकमरीको सूचांकमा नेपाल ७३ औं स्थानमा : भारत नेपालभन्दा पछाडि

भोकमरीको सूचांकमा नेपाल ७३ औं स्थानमा : भारत नेपालभन्दा पछाडि
  सवहर्वस के. सी. , २०७६/०६/२९ गते, भोकमरीको सूचांकमा भारत नेपालभन्दा निकै पछाडि देखिएको छ। ग्लोबल हंगर इन्डेक्स(जीएचआई) नामक गैरसरकारी संस्थाले पछिल्लोपटक सार्वजनिक गरेको गरेको सूचांकअनुसार भारत दक्षिण एसियामै अफगानिस्तानपछि सबैभन्दा धेरै भोकमरी भएको देशमा परेको हो।  
जीएच्आईले ११७ देशको सूचक सार्वजनिक गरेकोमा उच्च आए भएका अमेरिका, बेलायत, फ्रान्स, जापान जस्ता देश समावेश छैनन्। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन सूचांकको २५औं स्थानमा छ। नेपाल सूचांकको ७३औं स्थानमा रहँदा भारत १०२औं स्थानमा छ। अफगानस्थान १०८औं स्थानमा रहेको छ।
सुचांकको ६६ औं स्थानमा रहेको श्रीलङ्का दक्षिणएसियामै सबैभन्दा माथि छ। नेपाल दक्षिण एसियाको दोस्रो स्थानमा छ। बंगलादेश ८८औं, पाकिस्तान ९४औं स्थानमा छ। संख्या थोरै भएका कारण दक्षिण एसियाका राष्ट्र भुटान र माल्दिभ्स समावेश नगरिएको जीएच्आईले जनाएको छ।

संस्थाले त्यहाँ रहेको भोकमारी दरलाई अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरमा तुलनात्मक मापन गरी सूची तयार पारेको जनाएको छ। भोकमरी नभएकोलाई शुन्य अंकको आधार मानी सूचांक निकालिएकोमा ५ अंकभन्दा कम भएका र तथ्यांक प्राप्त नभएका मुलुकलाई सूचीमा समावेश नगरिएको जीएच्आईले उल्लेख गरेको छ।
नेपालको अंक २०.८ र भारतको ३०.३, श्रीलङ्काको १७.१, पाकिस्तानको २८.५, अफगानिस्तानको ३३.८ रहेको छ। सूचांकमा रहेका ११७ देशमध्ये ४३ देश भोकमरीमा रहेका छन्। सूचीको पुच्छारमा रहेका ४ देशलाई शंकटग्रस्त भनिएको छ। जसमा मडागस्कर(११४औं स्थान), चढ(११५औं स्थान), यमन(११६औं स्थान) र सेन्ट्रल अफ्रिकन रिपब्लिक(११७औं स्थान) रहेका छन्। 

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार