श्रृद्वाञ्जली तथा नवाैं दिनकाे शाेक शभा कार्यक्रम सम्पन्न

श्रृद्वाञ्जली तथा नवाैं दिनकाे शाेक शभा कार्यक्रम सम्पन्न
  



  सवहर्वस के. सी. , २०७६/०६/२९ गते
                         नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुड्ढी वडा कमिटिले मिति २०७६ असाेज २९ गतेका दिन बुड्ढी वडा कमिटिका सदस्य दत्त प्रसाद पाण्डेकि ममतामयी आमा सुमित्रा पाण्डेकाे निधनप्रति श्रृद्वाञ्जली तथा नवाैं दिनकाे शाेक शभा कार्यक्रम सम्पन्न गरेकाे छ । स्व. सुमित्रा पाण्डेेकाे निधन वि. सं. २०७६/०६/२१ गते भएकाे थियाे । कार्यक्रममा स्व सुमित्रा पाण्डेकाे जीवनी बुड्ढी वडा कमिटि सचिव वसन्त पराजुलीकाे मुखबाट वाचन गरिएकाे थियाे । कार्यक्रममा अध्यक्ष्यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बुड्ढी वडा कमिटिका अध्यक्ष क. वसन्त पन्थीले गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा प्रमुख अतिथिमा प्रदेश नं. ५ का सचिवालय सदस्य क. रूद्रलाल बन्जाडेलाई अाशन ग्रहण गराईएकाे थियाे भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. २ का संयाेजक बाबुराम खनाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. २, १ का संयाेजक बिष्णु बेल्बासे, नेपाल शिक्षक संघ प्रतिनिधि दामोदर खनाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य तथा वडा नं. ४ का इन्चार्ज बिष्णु भुसाल लगायत अन्य कमरेडहरूलाई अतिथिकाे आसन ग्रहण गराईएकाे थियाे । नेपाल अधिराज्यका सम्पूर्ण व्यक्तिहरूले वृद्धवृद्धाहरूकाे सम्मान गर्नुपर्दछ र स्व. सुमित्रा पाण्डेकाे निधनप्रति श्रृद्वाञ्जली व्यक्त गर्दै परिवार प्रती धैर्यधारण गर्ने शक्ति प्राप्त हाेस् भनेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. २ का संयाेजक बाबुराम खनालले मन्तव्य व्यक्त गर्नुभयाे । उक्त कार्यक्रमकाे कार्यक्रम सञ्चालन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बुड्ढी वडा कमिटी सचिव क. बसन्त पराजुलीले गर्नुभयाे ।

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार