निक्षेप सम्बन्धि जानकारी : लाेकसेवा विशेष



निक्षेपकाे परिचय (Definition of Deposit)
- निक्षेप भन्नाले बैंक तथा वित्तीय संस्थाको निर्दिष्ट खातामा जम्मा भएको रकमलाई बुझिन्छ ।
- चाहिएको समयमा फिर्ता हुनेगरी विश्वासपूर्वक कसैलाई वस्तु राख्न दिने काम धराैटी वा खातामा जम्मा गरिने रकमलाई नै निक्षेप भनिन्छ ।
- बैंक तथा वित्तीय संस्थाहरूमा पुर्वशर्तबमाेजिम ग्राहकलाई व्याज वा विना व्याजमा रकम फिर्ता गर्नेगरी जम्मा गरिने ग्राहककाे रकमलाई निक्षेप भनिन्छ ।
- सर्वसाधारण तथा संस्थाहरूले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकमलाई निक्षेप भनिन्छ । यसरी जम्मा गरेको निक्षेपबाट बैंकलेे केही लगानी गर्छ भने केही नगदकाे रूपमा बैंकमै राखिन्छ ।
- सर्वसाधारण तथा संस्थाबाट बैंक तथा वित्तीय संस्थाहरुले भुक्तान गर्ने गरि निर्धारित शर्तम विभिन्न वित्तीय उपकरणहरू मार्फत संकलन गरेको रकमलाई निक्षेप भनिन्छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार “निक्षेप” भन्नाले बैङ्क वा वित्तीय संस्थाको चल्ती, बचत वा मुद्दती खातामा जम्मा भएको रकमलाई सम्झनु पर्छ र सो शब्दले नेपाल राष्ट्र बैङ्कले समय समयमा तोकेका विभिन्न वित्तीय उपकरण मार्फत बैङ्क वा वित्तीय संस्थाले स्वीकार गर्ने अन्य रकम समेतलाई जनाउँछ ।
- निक्षेप त्यस्तो अाैजार हाे, जसमा धेरै बैंक तथा वित्तीय संस्थाकाे भविष्य अडेको हुन्छ ।
बैंक तथा वित्तीय संस्थाले कुनै पनि व्यक्ति, संस्था, फर्म वा समाजमा छरिएर रहेका स-साना रकमलाई विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नकाे निमित्त विभिन्न माध्यमबाट रकम निक्षेपकाे रूपमा संकलन गर्दछन् ।
बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रकाे विकासकाे निम्ति कम मूल्य वा लागतमा निक्षेप संकलन गर्दै बढी व्याज तथा आम्दानी आर्जन हुने स्थानमा लगानी गर्दछ ।

निक्षेपकाे प्रकारहरू (Types of Deposit)
(क) चल्ती खाता (Current Deposit/Account) :-
       निक्षेपकर्ताले माग गरेको बखत तुरुन्तै भुक्तानी पाउने गरि खाेलिएकाे खातालाई चल्ती खाता भनिन्छ । अर्थात् चल्ती खाता भन्नाले मागेकाे बखत जहिले पनि झिक्न पाउने गरि बैंक तथा वित्तीय संस्थामा राखिएको रकमकाे हरहिसाब लेखिएको खाता बुझिन्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार “चल्ती खाता” भन्नाले ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी बैंक वा वित्तीय संस्थामा राखिएको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ । चल्ती खातामा बैंकले व्याज उपलब्ध गराउँदैन । यस खातामा सञ्चालन लागत बाहेक अन्य कुनै पनि लागत लाग्दैन ।
(ख) बचत खाता (Saving Deposit/Account) :-
         रकम भुक्तानीमा निश्चित बन्देज तथा शर्तबमाेजिम जम्मा गरिएको रकममा व्याज प्राप्त हुने खातालाई बचत खाता भनिन्छ । अर्थात् बचत खाता भन्नाले बैंक तथा वित्तीय संस्थामा बचतकाे निमित्त राखिएको रकमकाे हरहिसाब लेखिएको खातालाई बुझिन्छ । “बचत खाता” भन्नाले ग्राहकले बैंक वा वित्तीय संस्थामा बचतको निमित्त राखेको रकमको हरहिसाब लेखिएको खाता सम्झनु पर्छ ।
(ग) मुद्दती खाता (Fixed Deposit/Account) :-
        निश्चित अवधिभित्र झिक्न नमिल्ने गरि खाेलिएकाे खातालाई मुद्दती खाता भनिन्छ । अर्थात् मुद्दती खाता भन्नाले बैंक तथा वित्तीय संस्थामा निश्चित अवधिसम्म जम्मा रहने गरि राखिएको रकमकाे हरहिसाब लेखिएको खातालाई बुझिन्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार “मुद्दती खाता” भन्नाले ग्राहकले बैंक वा वित्तीय संस्थामा निश्चित अवधिसम्म सामान्यतया निक्षेप झिक्न नपाउने गरी जम्मा गरी राखेको रकमको हरहिसाब लेखिएको आवधिक खाता सम्झनु पर्छ ।
(ग) कल खाता (Call Deposit/Account) :-
        चल्ती खाता र बचत खाता दुवैको विशेषता भएको खातालाई कल खाता भनिन्छ । जहाँ चल्ती खाताजस्तै जतिसुकै रकम झिक्न मिल्छ भने व्याज पनि प्राप्त हुन्छ ।

-- सवहर्वस के. सी. (विनाेद)

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार