बैंकिङ्ग क्षेत्रमा कर्जा चक्र र कर्जा व्यवस्थापनसम्बन्धि जानकारी



कर्जा चक्र (Credit Cycle)
- कर्जा प्रवाह गर्नु भन्दा अगाडिदेखि कर्जा असुलीसम्मकाे सम्पूर्ण प्रकियालाई कर्जा चक्र (Credit      Cycle ) भनिन्छ ।
- सम्भावित ग्राहककाे खाेजी, साेधपुछ तथा छानबिन गर्ने, ग्राहकसँग आवेदन लिने, आवश्यक           कागजपत्र लिने, विश्लेषण गर्ने, धिताे सुरक्षणकाे मूल्यांकन एवं अनुगमन गर्ने, कर्जा स्वीकृति         गर्ने, कर्जा प्रवाह गर्ने, निरिक्षण तथा अनुगमन गर्ने र अन्तमा कर्जा असुली गर्नेसम्मका सम्पूर्ण         प्रकियालाई कर्जा चक्र भनिन्छ ।
- कर्जा चक्रका देहायका प्रकियाहरूकाे पालना गर्दै कर्जा काराेवार सञ्चालन गर्नु पर्दछ :-
१) ग्राहककाे खाेजी :- बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लिने ग्राहककाे खाेजी गर्नुपर्दछ । कर्जाका लागि ग्राहककाे खाेजी गर्ने क्रममा असल, विश्वासिलो तथा इमानदार ग्राहककाे खाजी गर्नु पर्दछ । बैंक तथा वित्तीय संस्थाहरूमा आफैँ आईपुगेका एवं बजार व्यवस्थापकहरू द्वारा खाेजेर ल्याइएका ग्राहकहरू कर्जा प्रवाहका लागि उपयुक्त छन् / छैनन् भनेर जाँच्ने कार्य यस चरणमा गरिन्छ ।
२) कर्जा आवेदन :- बैंक तथा वित्तीय संस्थाहरूले ग्राहककाे खाेजी पश्चात् ग्राहकसँग कर्जाकाे लागि आवेदन लिइन्छ । आवेदनकाे साथमा आवश्यक पर्ने कागजपत्र लिइनुका साथै KYC (Know Your Customer) फर्म समेत भराइन्छ । आवेदककाे वारेमा पर्याप्त जानकारी हासिल गरि कर्जा काराेबारमा निजको विगतकाे वारेमा पहिल्याउनेे र असल ग्राहक भएमा मात्र अन्य प्रकिया अगाडि बढाइन्छ ।
३) कर्जा विश्लेषण :- बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहकले पेश गरेका सम्पूर्ण कागजपत्रकमे अध्ययन गहिएर गरिन्छ । कर्जाकाे धिताे सुरक्षणकाे लागि प्रस्वावित सम्पत्तिकाे मूल्यांकन, अनुगमन, अनुगमन प्रतिवेदन पेश लगायतका कार्य यस अन्तर्गत गरिन्छ । प्रतिवेदन कर्जा प्रवाह गर्न मिल्ने गरि सकरात्मक प्राप्त भएपश्चात् कर्जा रकम निर्धारण एवं त्यस सम्बन्धि शर्तहरू समेत किटान गरिन्छ । उपयुक्त विश्लेषण पश्चात् कर्जा प्रवाह गर्ने / नगर्ने, यदि गर्ने भए कति रकम कति अवधिकाे लागि गर्ने आदि कार्य यस अन्तर्गत पर्दछ ।
४) कर्जा स्वीकृति :- बैंक तथा वित्तीय संस्थाद्वारा कर्जा विश्लेषण पश्चात् उक्त विश्लेषणकाे सिफारिस बमोजिम आवेदन दिन ग्राहककाे नाममाखकर्जा स्वीकृति गर्नुपर्दछ ।
५) कर्जा प्रवाह :- बैंक तथा वित्तीय संस्थाद्वारा स्वीकृत कर्जा बैंकमा अभिलेख राखी धिताे सुरक्षण बापत स्वीकार गरेकाे सम्पत्ति कानुनबमोजिम बैंककाे नाममा दृष्टिबन्धक गरि सम्बन्धित ग्राहकलाई प्रवाह गर्नुपर्दछ । जमानी बस्नेसँग आवश्यक लिखत गराउने, शर्तहरूमा ऋणीकाे हस्ताक्षर गराउने, तमसुक गराउने, स्वीकृत कर्जाकाे भुक्तानी आवश्यकताअनुसार ग्राहककाे बैंकमा रहेकाे चल्ती /कर्जा खातामा जम्मा गर्ने वा चेकमार्फत गर्ने आदि कार्य यस अन्तर्गत पर्दछ ।
६) अनुगमन तथा निरीक्षण :- बैंक तथा वित्तीय संस्थाद्वारा कर्जा प्रवाह पश्चात् कर्जा पूरा चुक्तादअसुली नभएसम्म कर्जा प्रस्ताव तथा शर्तमा उल्लेख भएका कुराहरू पालना भए नभएको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्नुपर्दछ । कर्जा रकमको सदुपयोग भएको छ या छैन यकिन गर्न भाैतिक रूपमा जाँचबुझ गर्नुपर्दछ । कर्जाका शर्तहरू पुनरावलोकन गर्नुपर्ने अथवा नपर्ने कुरा समेत अनुगमन एवं निरीक्षणका क्रममा थाहा हुने भएकोले यसकाे ठूलो महत्त्व रहेको छ ।
७) कर्जा असुली :- कर्जा सम्झौतामा उल्लेख भएअनुसार कर्जा चुक्ता गर्ने समयतालिका अनुसार ग्राहकले साँवा, व्याज र अन्य शुल्क सहित सम्पूर्ण रकम बैंकलाई भुक्तानी गर्नुपर्दछ । याे कर्जा चक्रकाे अन्तिम प्रकिया हाे । ग्राहकले समयमा कर्जाकाे भुक्तानी नगरेसम्ममा बैंक कर्जा असुली विनियमावली, कर्जा असुली कार्यविधि बमोजिम कर्जा असुली गर्ने वा वक्याैता रकमको व्यवस्थापन, पुनरतालिकिकरण, पुनरसंरचना र असुली सम्बन्धि अन्य कारबाही गर्नु पर्दछ । कर्जा असुली पश्चात् उक्त रकम पुन:लगानी गर्नुपर्ने भएकोले पुन:ग्राहककाे खाेजी गरि नयाँ कर्जा चक्रकाे सुरूवात हुन्छ ।
बँदागत रूपमा :-
- ग्राहककाे खाेजी
- कर्जा आवेदन
- कर्जा विश्लेषण
- कर्जा स्वीकृति
- कर्जा प्रवाह
- अनुगमन तथा निरीक्षण
- कर्जा असुली ।


कर्जा व्यवस्थापन (Credit management)
- कर्जा भन्नाले बैंक तथा वित्तीय संस्थाहरूले स्वीकार गरेकाे निक्षेप तथा विभिन्न काेषहरूकाे रकम विभिन्न व्यक्ति, संस्था तथा कम्पनीहरूलाई पछी साँवा, व्याज वा अन्य शुल्क भुक्तानी गर्ने शर्तमा प्रदान गरेको रकमलाई बुझिन्छ ।
- कर्जा लगानी बैंक तथा वित्तीय संस्थाहरूकाे लाभ आर्जन गर्ने प्राथमिक तथा महत्त्वपूर्ण श्राेत हाे ।
- कर्जा व्यवस्थापन भित्र प्रभावकारी कर्जा लगानी गर्नुका अतिरिक्त लगानी गरेकाे कर्जा दुरुपयोग नगरी समयमा नै असुली हुने हिसाबमा लगानी गर्नुपर्दछ ।
जोखिम व्यवस्थापनको उद्देश्य जोखिमसम्बन्धी गतिविधिलाई निषेध एवम् हटाउने हैन, बरु जोखिम बुझेरै पूर्ण ज्ञान स्पष्ट उद्देश्य तथा समझदारीका साथ मापन एवम् न्युनिकरण गर्न सकियोस् भनेर लिइने कार्य हो । यसले संस्थालाई असफल वा प्रतिष्पर्धात्मक अवस्थामा भौतिक रुपले स्विकार गर्न नसकिने नोक्सानी हुनबाट बचाउँछ ।
जोखिम व्यवस्थापनको कार्यहरु वासलातको आकार र गुण, कार्यहरुको जटिलता, प्राविधिक र पेशेवर जनशक्ति तथा सूचना प्रविधिको अवस्थाअनुसार विशिष्टीकरण गरिएको हुनुपर्दछ ।
- कर्जा लगानी कार्य प्रभावकारी बनाउन तथा कर्जाकाे प्रभावकारी व्यवस्थापन गर्नका लागि तपसिल बमोजिमका सिद्धान्तहरू अवलम्बन गर्नुपर्दछ :-
१) तरलताकाे सिद्धान्त
२) सुरक्षाकाे सिद्धान्त
३) मुनाफाकाे सिद्धान्त
४) विविधिकरणकाे सिद्धान्त
५) स्थिरताकाेे सिद्धान्त
६) सामाजिक दायित्व तथा राष्ट्रिय हितकाे सिद्धान्त ।

- कर्जा लगानी गर्दा लगानीकाा सिद्धान्त अलवा कर्जा ग्राहकका निम्न विविध पक्षहरू सूक्ष्म निरीक्षण गर्नुपर्दछ :-
१) ग्राहकाे चरित्र
२) ग्राहककाे याेग्यता
३) पुँजीकाे अवस्था
४) सुरक्षण
५) ग्राहककाे अवस्था ।

- बैंक तथा वित्तीय संस्थाकाे कर्जा लगानीमा विभिन्न किसिमका जाेखिमहरू हुने गर्दछन् । ती जाेखिमहरू निम्न छन् :-
१) अाैद्याेेगिक जाेखिम
२) वित्तीय जाेखिम
३) सुरक्षण सम्बन्धि जाेखिम
४) सञ्चालन सम्बन्धि जाेखिम
५) बाह्य वातावरणीय जाेखिम ।


-- प्रस्तुतकर्ता :- सवहर्वस के. सी. (विनाेद)

Comments

  1. Sir le aafaile tayar parnuvako note hoki book bata copy garnu vako ho ? yedi book bata ho vane kun publication ko book ho? Yekdam ramro xa so plz mention about this. if it is from book i also will buy this book and i would like to request you to publish such type of notes more as you have.

    ReplyDelete

Post a Comment

Thanks you for comment

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार