कृषि विकास बैंक लिमिटेडसम्बन्धि जानकारी



कृषि विकास बैंक लि. काे परिचय
       ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउनेे एवंं लघुकर्जालाई सहज तुल्याउने उद्देश्यका साथ कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत वि. सं. २०२४ माघ ७ गते कृषि विकास बैंक लिमिटेडकाे स्थापना भएको हाे । देशको अर्थतन्त्रकाे प्रमुख आधारकाे रूपमा रहेको कृषि क्षेत्रकाे विकास गर्नुका साथै ग्रामीण क्षेत्रमा रहेको कृषक तथा विपन्न वर्गको हित तथा सुविधालाई मध्यनजर गर्दै यस बैंककाे स्थापना भएको हाे । शुरुमा कृषि क्षेत्रकाे विकास र विस्तारमा प्राविधिक सेवा उपलब्ध गराई कृषि क्षेत्रकाे उत्थान गर्ने तथा गरिबी निवारण कार्यमा संलग्न यस बैंकले दूरदराजसम्म आफ्नाे पहुँच वृद्धि गर्दै लगेकाे छ । सरकारकाे नीति तथा प्राथमिकता, नेपाल राष्ट्र बैंककाे निर्देशन, अन्य नियामक निकायका निर्देशनहरूकाे पालना गर्दै कृषिकाे व्यावसायिकरण, यान्त्रिकरण, अाैद्यााेगिकरण गरि उत्पादकत्वमा वृद्धि गर्न कर्जा प्रवाह गरि ग्रामीण क्षेत्रमा राेजगारी सृजना तथा गरीबी न्यूनीकरणमा उल्लेखनीय याेगदान गरेको छ । पिछडिएका सीमान्तकृत वर्गमा सरल र सुलभ दङ्गले वित्तीय सेवा विस्तार गरि विपन्न वर्ग र ग्रामीण जनताकाे जीवनस्तर उकास्न शहरदेखी गाउँसम्म सेवा विस्तार गरेको छ । कृषि विकास बैंकको आर्थिक वर्ष २०७५/७६ को व्यावसायिक योजना अन्तर्गत १११५३.८७ करोड कर्जा लगानी पुर्याउने जसबाट १४२५.०९ करोड व्याज असुल गर्ने र स्रोत बापत ११६६३.७१ निक्षेप संकलन गर्ने, तत्पश्चात ५५९.४७ करोड सञ्चालन खर्च गरी ८४९.१४ करोड सञ्चालन आम्दानी गरेर २८९.६७ सञ्चालन मुनाफा तथा ५०२ करोड खुद मुनाफा गर्ने लक्ष्य राखेको छ ।
कृषि विकास बैंक लिमिटेडकाे छाेटकरी जानकारी
> स्थापना :- कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत वि. सं. २०२४ माघ ७ गते
> केन्द्रीय कार्यालय :- रामशाहपथ, काठमाडौं, नेपाल
> कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता :- कम्पनी ऐन, २०५३ अनुसार वि. सं. २०६२ असार ३१ गते
> 'क' वर्गकाे वाणिज्य बैंककाे रूपमा इजाजतपत्र प्राप्त :- नेपाल राष्ट्र बैंकबाट वि. सं. २०६२ चैत ३                                                                     गते 'क' वर्गकाे वाणिज्य बैंककाे इजाजतपत्र प्राप्त
> कम्प्युटररिकृत वाणिज्य बैंकिङ सेवा प्रदान :- वि. सं. २०४१
> कृषि विकास बैंक लिमिटेडका प्रथम अध्यक्ष :- श्रीकृष्ण उपाध्याय
> स्थापनाकालकाे समयमा कृषि विकास बैंक लिमिटेडकाे अधिकृत पूँजी :- रू. १ कराेड
> बैंककाे अधिकृत पूँजी :- रू. ५ कराेड
> बैंककाे हालकाेे नारा :- "तपाई हाम्रो घर आगँनकाे बैंक"
> कृषि विकास बैंक लिमिटेडले सर्वप्रथम ऋणपत्र जारी :- वि. सं. २०६७ जेठ २५ गते
कृषि विकास बैंक लिमिटेडले सर्वप्रथम ऋणपत्र जारी रकम :- रू. २ अर्ब ३० कराेड बराबरकाे
> कृषि विकास बैंक लिमिटेडमा भूूमिसुधार तथा बचत संस्थान गाभिएकाे मिति :- वि. सं. २०३०
> कृषि विकास बैंक लिमिटेडले CBS सम्झौता :- सन् २००९ डिसेम्बर २३ मा
कृषि विकास बैंकका हालका अध्यक्ष :- क्षेत्र बहादुर सेजुवार
> कृषि विकास बैंक लिमिटेडका हालका CEO :- अनिल कुमार उपाध्याय
> website :- www.adbl.gov.np
> Email address :- info@adbl.gov.np
> शाखा कार्यालय :- २५३ वटा (५१ अाैँ वार्षिक उत्सव अनुसार)
कृषि विकास बैंक लिमिटेडकाे SWIFT CODE :- ADBLNPKA
> Core Banking System ( CBS) जडान :- २१३ कार्यालयमा
> लकर सुविधा प्रदान :- २८ कार्यालयमा
> ATM सेवा प्रदान :- ४१
> आस्वा सुविधा प्रदान :- १८६ कार्यालयमा
> रेमिट सेवा प्रदान :- २२४ कार्यालयमा
> सरकारी काराेबारकाे सेवा प्रदान :- २८ कार्यालयबाट
> online banking system :- १९८ कार्यालयमा

कृषि विकास बैंक लिमिटेडकाे दूरदृष्टि, ध्येय र उद्देश्य
# दूरदृष्टि (Vision)
बृहत समुदायमा आधारित शहरदेखि गाउँसम्म सेवा प्रदान गर्ने पूर्ण बैंक (To be a Mass-based Complete Bank serving from Urban to Rural)
# ध्येय (Mission)
बैंककाे सुदृढ कार्य सञ्जालद्वारा बृहत बैंकिङ्ग सेवा उपलब्ध गराउने । (To deliver comprehensive banking solution strengthening its extensive network)
# उद्देश्य (Objective)
(क) गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने । (To provide quality banking services)
(ख) बजारमुखी रणनीति अबलम्बन गर्ने । (To adopte market driven strategy)
(ग) प्रतिस्पर्धात्मक दिगाे प्रतिफल प्राप्त गर्ने । (To obtain sustained and competitive return on investment)

कृषि विकास बैंक लिमिटेडका कार्यहरू
१. निक्षेप लिने र निक्षेप भुक्तानी दिने,
२. कर्जा दिने, विविध प्रयाेजनका लागि ताेकिएकाे शिर्षकमा कर्जा दिने,
३. साना किसान वा साना किसान समूहलाई व्यक्तिगत वा सामूहिक उत्तरदायित्वमा ऋण दिने,
४. विपन्न वर्ग, न्यून आय भएका परिवार, दैवीप्रकोप तथा देशकाे कुनै क्षेत्रकाे बासिन्दाकाे आर्थिक          उत्थानका लागि व्यक्तिगत वा सामूहिक जमानीमा ताेकिएकाे सीमासम्मकाे कर्जा दिने,
५. नेपाल सरकारकाे गरिबी निवारण कार्यक्रममा सघाउ पुर्‍याउन साना र सिमान्त किसानहरूलाई         ऋण प्रवाह गर्ने,
६. नेपाल राष्ट्र बैंकले जारी गरेका ऋणपत्र खरिदबिक्री गर्ने वा सकार गर्ने तथा संगठित संस्थाहरूको शेयर डिवेञ्चर खरिदबिक्री गर्ने,
७. आफ्नाे चल अचल सम्पत्ति धिताे राखि कर्जा लिने,
८. प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रु चेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद बिक्री गर्ने,
९. विदेशी विनिमय काराेवार गर्ने
१०.  प्रचलित कर्जा अपलेखन विनियमावलीको अधीनमा रही कर्जा अपलेखन गर्ने,
११. पूँजीकोष पुरा गर्ने प्रयोजनका लागि शेयर, डिबेञ्चर, ऋणपत्र आदि जारी गर्ने,
१२. ग्राहकको निमित्त कमिशन एजेण्ट भई शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिद–बिक्री गरिदिने, शेयरको लाभांश, डिबेञ्चर वा सुरक्षणको ब्याज आदि उठाई दिने र सोको लाभांश, मुनाफा वा ब्याज नेपालभित्र वा विदेशमा पठाउने, ग्राहकको लागि सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने,
१३. वासलात बाहिरको कारोबार गर्ने,
१४. विपन्न वर्ग, न्यून आय भएको परिवार, दैवी प्रकोप पीडित तथा मुलुकका कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने,
१५. आफू तथा अन्य बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने वा कुनै प्रकारको सुविधा लिने ऋणी वा ग्राहकको विवरण, सूचना वा जानकारी राष्ट्र बैंक, सम्बन्धित निकाय वा अन्य बैंक वा वित्तीय संस्थाबीच लिने दिने,
१६. सुन, चाँदी खरिद–बिक्री गर्ने,
१७. प्रचलित कानून बमोजिम दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीच हुने कुनै कार्य बापत तिर्नु बुझाउनु वा लिनु पर्ने रकम उक्त काम भएपछि भुक्तानी लिने दिने व्यवस्था गर्न दुई पक्षको सहमतिमा जमानी बस्ने,
१८.  राष्ट्र बैंकले तोकेको अन्य काम गर्ने । आदि ।

कृषि विकास बैंक लिमिटेडका अवसर र चुनाैतीहरू
अवसरहरू
१. सरकारकाे लगानीमा रहेकाे बैंक भएकोले सरकारकाे साथ,
२. शाखा सञ्जाल धेरै भएको हुँदा वित्तीय काराेवार वृद्धिकाे व्यनपक सम्भावना,
३. कृषि तथा गैर कृषि दुबै क्षेत्र समेट्ने हुँदा अत्यन्तै व्यापक क्षेत्र,
४. दक्ष र अनुभवी कर्मचारी,
५) केन्द्रीय बैंकले ताेकेकाे भन्दा बढी पूँजी भएकोले बैंकिङ्ग काराेबारमाा वृद्धि हुँदै जाने,
६) नेपाल संघीय संरचनामा गई सकेको र स्थानीय तहमा शाखा खाेल्न केन्द्रीय बैंकले निर्देशन जारी       गरेकाे ।
चुनाैतीहरू
१) जाेखिम व्यवस्थापन थप प्रभावकारी बनाउनु पर्ने,
२) अन्तरशाखा हिसाब भिडान कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने,
३) उच्च सञ्चालन लागत न्यूनीकरण गर्नुपर्ने,
४) जनशक्ति आपूर्ति र परिचालनमा सुधार ल्याई जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउनु पर्ने,
५) बैंकका सम्पूर्ण कार्यालयहरूमा CBS जडान गर्नुपर्ने,
६) व्याजदर अन्तर व्यवस्थापन गर्नुपर्ने,
७) देशकाे राजनैतिक संक्रमणकालीन व्यवस्था,
८) न्यून अंककाे आर्थिक वृद्धिदर,
९) बन्द हड्ताल,
१०) नयाँ बैंक तथा वित्तीय संस्थाहरूकाे आगमन,
११) बैंकिङ्ग व्यवसायमा अस्वस्थ प्रतिस्पर्धन विद्यमान । आदि ।


-- संकलक :- सवहर्वस के. सी. (विनाेद)

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार