बजेट सम्बन्धि सामान्य जानकारी : लाेकसेवा सामग्री




बजेटकाे परिचय
    विगतमा गरेका कार्यहरूकाे समीक्षा र वर्तमान स्थितिकाे आंकलन गरि भावी कार्यक्रम र कार्यदिशा सहितको आय र व्ययकाे अनुमानित याेजना नै बजेट हाे । आगामी वर्षमा के गर्ने, कसरी गर्ने, कुन-कुन क्षेत्रमा गर्ने आदि विषयमा आम्दानी र खर्च सहितकाे विस्तृत विवरण यसमा समावेश गरिएको हुन्छ । यसकारण सरकारले गत गत विगतमा गरेको उपलब्धिकाे समीक्षा गरि वर्तमानमा सरकारकाे सक्षमताकाे विश्लेषण गरि भावी कार्यक्रम र कार्यदिशाकाे विस्तृत विवरण नै सरकारी बजेट हाे । सरकारी बजेट सरकारकाे आय र व्ययकाे वैज्ञानिक रूपमा गरिएकाे एउटा यस्ताे व्यवस्थापन हाे जसलाई वित्तीय नीति (Fiscal Policy) वा आर्थिक प्रशासन (economic administration ) भनिन्छ ।
"बजेट सरकारकाेे विस्तृत आर्थिक याेजना हाे ।" - P. E. Taylor
"The budget is a fiscal plan by which expenditure be balanced against income." - C. L. King

बजेटकाे अवधारणा
    बजेट शब्दकाे उत्तत्ति फ्रेेेेेन्स भाषाकाे 'Bougette' बाट भएको हाे । यसकाे अर्थ 'छालाकाे थैली' भन्ने हुन्छ । फ्रेेेेेन्स भाषामा मुद्राा तथा कागजातहरू सुरक्षित साथ राख्ने थैली भन्ने जनाउँदछ । प्राचिनकालमा देशकाे अर्थशास्त्रीले छालाकाे थ‌ैलीबाट खाेलेर देशकाे  वार्षिक आय तथा व्ययसम्बन्धी विवरण सार्वजनिक गर्ने प्रचलन थियाे ।
        विश्ववमा बजेट प्रणालीकाे इतिहास भने पुरानाे छ । बजेट याेजनाबद्व रूपमा खर्च गरिनुपर्छ भन्ने मान्यता सन् १२१५ जुन १५ काे Magna Carta, बेलायती संसदमा पेश भएको बिल अफ राइट्स - १६८९ आदिबाट आएकाे हाे । संसदमा नै आयव्यय अनुसार तर्जुमा गरि पेश गर्ने कार्य सर्वप्रथम बेलायती अर्थमन्त्री रवर्ट वालपाेलले सन् १७३३ मा गरेकाे हुँदा त्यसै समयदेखि सरकारकाे वार्षिक आयव्ययकाे अनुमानलाई बजेट भन्न थालियो । यसलाई पछि आएर अंग्रेजी भाषामा 'बजेट' (Budget) भनियाे । नेपाल सरकारकाे बजेट तर्जुमा सम्बन्धमा संविधानकाे धारा ११९ मा व्यवस्था गरिएको छ । नेपालमा सर्वप्रथम वि. सं. २००८ माघ २१ गतेदेखि बजेट प्रस्तुत गरिएको थियाे ।

बजेटका उदेश्यहरू
१) देशको आयव्ययकाे यथार्थ विवरण जनतालाई गर्नु,
२) सार्वजनिक जवाफदेहिता विकास गर्नु,
३) सीमित श्राेत साधनको प्रभावकारी परिचालन गर्नु,
४) खर्च गर्नु कानुनी अधिकार प्राप्त गर्नु,
५) आर्थिक जवाफदेहिता र पारदर्शिता कायम गर्नु,
६) जनताकाे आर्थिक जीवनस्तर सुधार गर्नु,
७) आर्थिक नियन्त्रणकाे आधारशीला प्रदान गर्नु,
८) राेजगारीका अवसरहरू सिर्जना गर्नु,
९) आयकाे समान वितरण र समन्याय गर्नु,
१०) पूँजी निर्माण गर्नु,
११) वित्तीय क्रियाकलापकाे मार्गदर्शन गर्नु,
१२) आर्थिक स्थायित्व कायम गर्नु,
१३) आवधिक याेजनालाई कार्यान्वयन गर्नु ।

सरकारी बजेटका विशेषताहरू
१) सरकारकाे वित्त नीति (fiscal Policy)
२) सरकारकाे विस्तृत आर्थिक याेजना,
३) सरकारकाे आर्थिक नीतिको निरन्तरता,
४) सार्वजनिक काेष सञ्चालन नगर्ने विस्तृत याेजना,
५) वित्तीय साधन परिचालन गर्ने कानुन,
६) राष्ट्रिय अर्थतन्त्रको नियन्त्रण,
७) सरकार र राज्यकाे अर्थव्यवस्था देखाउने दस्तावेज,

बजेटका प्रकार/ किसिमहरू
१) आय र व्ययकाे आधारमा :
    क) बचत बजेट
    ख) घाटा बजेट
    ग) सन्तुलित बजेट
२) विनियोजन वा खर्चकाे आधारमा :
    क) चालू बजेट
    ख) पूँजीगत बजेट
    ग) सावा भुक्तानी बजेट
३) तर्जुमा गर्ने प्रद्वतिकाे आधारमा :
    क) Line item Budget
    ख) Programme Budget
    ग) Zero Based Budget
    घ) P. P. B. S. Budget
    ङ) Global Budget
४) अन्य वर्गीकरण :
    क) Gender Budget
    ख) गरिबाेन्मुख बजेट आदि ।

नेपालमा बजेट कार्यान्वयनमा देखिएका समस्याहरू
१) काेष व्यवस्थापन, खर्च लेखांकन, सम्पत्ति व्यवस्थापन, निवृत्तिभरण व्यवस्थापन जस्ता अनेक         समस्याहरू रहेका,
२) बजेट प्रकाशित भएकाे केही दिनभित्रै दबाब दिई थप बजेट लिने परम्परा रहेकाे,
३) विकास आयाेजना/कार्यक्रम मूल्यांकन प्रकिया सुचकांकमा आधारित नभई मनाेगत हुने गरेकाे,
४) गैर - बजेट खर्चको प्रवृत्ति बढ्दाे,
५) बजेट नियमित रूपमा तर्जुमा र स्वीकृति हुन नसकेकाे,
६) बजेट कार्यान्वयनका लागि स्थानीय निकायहरू नहुनु,
७) बढ्दाे व्यापार घाटालाई उचित व्यवस्थापन गर्न नसक्नु,
८) लेखापरीक्षण प्रतिवेदनहरूले अाैल्याए अनुसार बेरूजुकाे मात्रा बढ्दै जानू,
९) प्रतिवद्वताबमोजिम दाताकाे सहयाेग समयमै प्राप्त नहुदा त्यसकाे असर कार्यक्रममा पर्ने गरेकाे ।

समस्या समाधानकाे उपाय
१) गैर बजेट खर्च न्यूनीकरण गर्ने,
२) काेष व्यवस्थापन, खर्च लेखांकन, सम्पत्ति व्यवस्थापन, निवृत्तिभरण व्यवस्थापनमा सुधार गर्ने,
३) विकेन्द्रीकरण बजेट प्रणालीकाे विकास गर्ने,
४) दीर्घकालीन खर्च नीति तर्जुमा गरि कार्यान्वयन गर्ने,
५) वैदेशिक सहयोग परिचालनमा सुधार गर्नुपर्ने,
६) लेखापरीक्षणबाट अाैल्याइएकाे विषयहरूलाई आत्मसात गर्ने,
७) लागत कम गर्ने उपायहरूकाे खाेजी गर्ने,
८) कार्यसम्पादन, आर्थिक जवाफदेहिता, बेरूजु जस्ता विषयहरूलाई दण्ड र पुरस्कार तथा                 आगामी विनियोजनकाे आधार बनाउने,
९) परिणाममा आधारित बजेट प्रणालीकाे विकास गर्ने ।

-- संकलक :- सवहर्वस के. सी. ( विनाेेद)

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार