नेपाल राष्ट्र बैंककाे काम, कर्तव्य र अधिकार

नेपाल राष्ट्र बैंककाे काम, कर्तव्य र अधिकार 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन, २०७३) काे दफा ५ अनुसार नेपाल राष्ट्र बैंककाे काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेका छन् :-
    १) बैंक तथा नाेट निष्काशन गर्ने,
    २) मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र साे नीति कार्यान्वयन गर्ने,              गराउने,
    ३) विदेशी विनिमय नीति निर्माण गर्ने तथा साे नीति कार्यान्वयन गर्ने, गराउने,
    ४) विनिमय दर प्रद्वती निर्धारण गर्ने,
    ५) विदेशी विनिमय सञ्चितिकाेे व्यवस्थापन र सञ्चालन गर्ने,
    ६) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैकिङ्क तथा वित्तीय काराेबार गर्न इजाजतपत्र जारी           गर्ने, त्यस्तो काराेबारकाे सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन           गर्ने,
    ७) नेपाल सरकारकाे बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टकाे रूपमा कार्य गर्ने,
    ८) वाणिज्य बैंक तथा वित्तीय संस्थाकाे बैंक तथा अन्तिम ऋणदाताकाे रूपमा कार्य गर्ने,
    ९) भुक्तानी, फछ्र्यौट (क्लियरिङ्ग) तथा हिसाब मिलान (सेटलमेन्ट) प्रद्वतीकाे स्थापना तथा                प्रवर्द्वन गरि साे कार्यलाई नियमित गर्ने,
   १०) तरलता व्यवस्थापनकाे निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार काराेबार               सञ्चालन गर्ने,
   ११) यस ऐन बमोजिम बैंकको उदेश्य हासिल गर्नकाे निमित्त बैंकले गर्नु पर्ने अन्य आवश्यक                 कार्यहरू कार्यान्वयन गर्ने, गराउने,
    १२) बैंकलाई यस ऐन वा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएको अधिकारकाे प्रयाेग गर्दा                 आवश्यक पर्ने अन्य काम, कारबाही समेत गर्ने अधिकार हुनेछ,
    १३) बैंकले यस ऐन अन्तर्गत प्राप्त गरेकाे अधिकारकाे अतिक्रमण कसैबाट हुने छैन ।

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार