देशको बैकिंग बिकासमा राष्ट्रिय बाणिज्य बैंकको भूमिका



         राष्ट्रिय वाणिज्य बैंक देशको सबैभन्दा ठुलो वाणिज्य बैंकको रुपमा रहेको छ । स्थापनाको करिब छ दशक पार गरिसकेको यो बैंकले देशको आर्थिक तथा बैंकिंग बिकासमा महत्वपुर्ण योगदान प्रदान गर्न सफल भएको छ ।  नेपालमा बैंकिंग प्रणालीको बिकासको क्रमसंगै स्थापना भएको यो बैंकले देशका कुना काप्चामा पुगी नागरिकलाई बिबिध बैंकिंग सेवा उपलब्ध गराइ बैंकिंग प्राणाली भित्र आवद्ध गर्न सफल भएको छ ।
यसले देशभर बाट छरिएर रहेको वित्तीय श्रोत संकलन गरि उत्पादनशिल क्षेत्रमा लगानी गर्दै आएको छ ।  देशको बैंकिंग बिकासमा बाणिज्य बैकले पुर्याएको भूमिकालाई निम्न आधारमा प्रस्तुत गर्न सकिन्छ ।
  • सर्वसाधारण जनताको सुबिधा र देशमा छरिएर रहेको पूजीलाई एकिकृत गरि सस्थागत रुपमा लगानी गरि वित्तीय कारोवार मार्फत देश बिकासमा सहयोग गरेको छ ।
  • कृषि, उधोग, सेवा, ब्यापार  तथा अन्य ब्याबसायिक रुपले सम्भाब्य देखिएका उत्पादनशिल व्यावसायको स्थापना बिकास बिस्तार र क्षमता एवम उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन जुटाउनु ।
  • वित्तीय मध्यस्थता सम्बन्धि बिबिध कारोवारहरुको संचालन गरेको ।
  • साहु आसामिको अधिनमा रहेको ग्रामिण भेगको वित्तीय प्राणालीलाई बैंकिंको दायरा भित्र ल्याउन अग्रणी भूमिका निर्वाह गर्नु ।
  • ग्रामिण क्षेत्रका जनता समक्ष पुगी उनुहरुलाई बैंकिंग सेवा प्रादान गरि बैंक प्रतिको आस्थामा वृद्धि गर्नु ।
  • रास्ट्रीय तथा अन्तर्रास्ट्रीय कार्य संजालको निर्माण गरि देशभर तथा बिदेशमा समेत बिबिध बैंकिंग सेवा उपलब्ध गराएको ।
  • आधुनिक बैंकिंग प्रणालीलाई ग्रामिण भेग सम्म पुर्याएर ग्रामिण जनतालाई आधुनिक प्रबिधि बारे सचेत गरेको ।
  • सरकारी कारोबारको सफल कार्यान्यन गर्नु ।
  • विभिन्न एजेन्सी सम्बन्धि कामहरु नियमित रुपमा संचालन गरेको ।
  • देशभित्र र देश बाहिरका विभिन्न कम्पनि तथा सस्थाहरुसंगको सहकार्य बाट बैंकिंग क्षेत्रको बिकासमा मदत गरेको ।
  • देशका हरेक क्षेत्र तथा समुदायलाई लक्षित गरि विभिन्न परिवर्तनकारी कार्यक्रमहरुको संचालनबाट बैंकिंग सेवाको क्षेत्रमा बिबिधिकरण प्रबेश गराउन सफल भएको ।

-- प्रस्तुतकर्ता :- सवहर्वस के. सी. (विनाेद)

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार