नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ काे दफा ४९(१) मा व्यवस्था गरिए बमोजिम नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेका छन् :- (क) ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने वा विभिन्न वित्तीय उपकरण मार्फत निक्षेप परिचालन गर्ने र तिनको भुक्तानी दिने, (ख) विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप स्वीकार गर्ने, भुक्तानी दिने, लेनदेन गर्ने, मध्यस्थताको काम गर्ने र रकमान्तर गर्ने, (ग) हायर पर्चेज, लिजिङ्ग, हाउजिङ्ग, अधिविकर्ष लगायतका कर्जा दिने, (घ) परियोजना तथा हाइपोथिकेशन धितो राखी कर्जा दिने एवं सहवित्तीयकरणको आधारमा धितो विभाजन (पारी पासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने दिलाउने व्यवस्था गर्ने, (ङ) विदेशी बैंक वा वित्तीय संस्थाको जमानतमा कर्जा दिने, (च) आफू कहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पत्तिको मूल्यले खामेसम्मको रकम कर्जा दिने वा अन्य बैंक वा वित्तीय संस्थामा धितो रहिसकेको चल अचल सम्पत्तिको पुनः धितोमा त्यसको मूल्यले खामेसम्मको रकम कर्...
Comments
Post a Comment
Thanks you for comment