Posts

Showing posts from March, 2020

चैत मसान्तसम्म सावा र ब्याज असुली नगर्न बैङ्क तथा वित्तीय संस्थाहरुलाई सरकारको निर्देशन

Image
काठमाडौँ । सरकारले चैत मसान्तसम्म कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली नगर्न बैँक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ। यो निर्देशन गैरबैङ्किङ वित्तीय संस्थाको हकमा पनि लागु हुनेछ।  अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।  बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित (डिसइन्फेक्टेन्ट) गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन पनि नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । निर्णय यश प्रकारकाे छ ।

बुद्धभूमिमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा १ को मृत्यु

Image
     बुद्धभूमि नगरपालिका वडा न २ बडहराम मोटरसाइकलले साइकललाई ठक्कर दिदा १ जनाको ज्यान गएको छ। पश्चिम  पुर्व राजर्मागमा पश्चिमबाट  पुर्वजादै गरेको लु ५६ प ३०५९ नम्बरको मोटरसाइकलले पूर्वबाट पश्चिम तर्फ जादै गरेको साइकललाई ठक्कर दिदा बडहराका वर्ष ६८ का कमल पोख्रेलको मृत्यु भएको छ। घाइते पोख्रेललाई गोरुसिंगेको बुद्ध पोलिकिल्निकमा सामान्य उपचार पछि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ। मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेका छन। फरार चालकलाई खोजीकार्य भैरहेको इलाक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।