Posts

Showing posts from October, 2019

नेपालकाे आर्थिक विकासमा नेपाल राष्ट्र बैंककाे भूमिका

Image
                              देशमा आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगाे विकासका लागि मूल्य स्थिरता र शाेधनान्तर स्थिरता कायम गर्ने र यसको लागि आवश्यक माैद्रिक नीति तथा विदेशी विनिमय नीति निर्माण गरी साेकाे व्यवस्थापन गर्ने, गराउने जिम्मेवारी दिइएको नेपाल राष्ट्र बैंक नेपालकाे केन्द्रीय बैंक हाे । नाेट निष्काशन गर्ने, सरकारकाे बैंककाे रूपमा आर्थिक सल्लाह दिने, साख नियन्त्रण र नियमित गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र प्रदान गर्ने तथा तिनीहरूकाे संरक्षण र नियन्त्रण गर्ने, बैंकहरूकाे पनि बैंककाे रूपमा कार्य गर्ने, कुनै पनि देशको सर्वाेच्च बैंक नै केन्द्रीय बैंककाे रूपमा नेपाल राष्ट्र बैंककाे स्थापना भएको छ । नेपाल राष्ट्र बैंकले विद्यमान कार्यहरूकाे माध्यमबाट नेपालकाे आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकाे छ । नेपाल राष्ट्र बैंकले नेपाकाे आर्थिक विकासमा निम्नानुसार भूमिका खेलेको हुन्छ :- १) देशमा वित्तीय सेवाकाे पहुँच अभिवृद्धि गर्ने, २) बैंक तथा वित्तीय क्षेत्रका...

सुशासन र संस्थागत सुशासन सम्बन्धी जानकारी

Image
सुशासनकाे अवधारणा     सामान्य अर्थमा सुशासन भन्नाले राम्रो शासन अर्थात् असल ढंगबाट शासन गर्ने भन्नेे बुझिन्छ ।  जनताको हित र कल्याणलाई सर्वाेपरी ठानी पारदर्शी, उत्तरदायी, सहभागीतामूलक, समन्वयक, सुदृढ, स्वच्छ, सक्षम तथा कुशल विधिवत शासन नै सुशासन हाे ।  उपलब्ध श्राेत, साधन र अवसरकाे समानुपातिक वितरण भई जनताकाे निरन्तर समृद्धि भएमा मात्र शासन उच्चतम अवस्थामा पुग्दछ । यसरी उच्चतम अवस्थालाई नै सुशासन भनिन्छ । विस्तृत रूपमा भन्नुपर्दा, राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताकाे आवश्यकताअनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सराेकारवालाहरूकाे सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटोछरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई  आम नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनुलाई नै सुशासन भनिन्छ । सुशासन राज्यको शासकीय कुशलता समेट्ने नविनतम रणनीति हाे । यसले शासकीय व्यवस्थामा  आम जनताकाेे सहभागिता श्राेत र साधनको न्यायाेचित वितरण, अनुमान याेग्य कार्य सम्पादन, कानुनी शासनकाे प्रत्याभूती गर्नुका साथै पारदर्शिताकाे पूर...

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

Image
व्यवस्थापन सूचना प्रणालीकाे परिचय       कार्यालयमा व्यवस्थापनले निर्णय गर्ने, नीति निर्माण गर्ने एवम् याेजना तर्जुमा गर्नुपर्ने हुन्छ । व्यवस्थापनले गर्ने यस्ता कार्यहरूका लागि  आवश्यक पर्ने सूचना एवं तथ्यांक संकलन गर्ने, प्रशाेधन गर्ने र व्यवस्थापन समक्ष पेश गरी  व्यवस्थापनलाई सहयाेग गर्ने संयन्त्रलाई व्यवस्थापन सूचना प्रणाली (Management Information System - MIS) भनिन्छ । अर्काे शब्दमा भन्नुपर्दा,  व्यवस्थापनका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचनाहरू एकिकृत र परिस्कृत रूपमा एकै थलाेबाट उपलब्ध गराउने प्रद्वतीलाई व्यवस्थापन सूचना प्रणाली भनिन्छ ।   याे व्यवस्थापकहरूलाई नर्णय गर्दा सहयोग गर्ने एक महत्त्वपूर्ण प्रणाली हाे ।  व्यवस्थापन सूचना प्रणाली ( Management Information System) सूचना प्रविधिमा  आधारित व्यवस्थापनकाे सिद्धान्त हाे । निर्णयका लागि  आवश्यक पर्ने सूचनाको संकलन, विकल्पहरूकाे पहिचान, विकल्पहरूकाे छनाैट गरी उपयुक्त निर्णयमा पुग्नका लागि कम्प्युटरमा  आधारित सूचना उपलब्ध गराउन  आवश्यक व्यवस्था  व्यवस्थापन स...

सरकारी लेखा प्रणाली सम्बन्धी व्यवस्था

Image
सरकारी लेखा प्रणालीकाे अवधारणा - सरकारी आर्थिक काराेबारकाे व्यवस्थित अभिलेख राखी साेकाे आधारमा यथार्थ प्रतिवेदन तयार गरि पेश गर्ने कार्यलाई सरकारी लेखा प्रणाली भनिन्छ । -  सरकारको आयव्यय र अन्य कारोबारको अभिलेख राख्ने कार्यलाई सरकारी लेखा प्रणाली भनिन्छ । नेपालमा दोहोरो स्रेस्तामा आधारित लेखा प्रणाली नै प्रचलनमा छ । यो वि.सं २०१८ चैत देखि प्रचलनमा छ । - सरकारी लेखा प्रणाली सरकारी  आर्थिक काराेबारकाे अभिलेख र साेकाे प्रतिवेदनसँग सम्बन्धित छ । सरकारी लेखा मुनाफामुखि नभई सेवामुखि रहेको हुन्छ । त्यसैले सरकारी  आर्थिक काराेबारकाे यथार्थ अवस्था चित्रण गर्नु यसकाे  उद्देश्य रहेकाे छ । - नेपालकाे सरकारी लेखा प्रणाली नगद र दाेहाेराे लेखा प्रणालीमा आधारित रहेकाे छ । -  सरकारी लेखा प्रणाली भन्नाले राजस्व सङ्कलन गर्ने, खर्च गर्ने र त्यसको अभिलेख राख्ने सबै प्रक्रिया तथा त्यसको परिमाणको सन्दर्भमा फाँटवारी तयार गर्ने कामलाई जनाउँछ। सरकारी लेखा प्रणालीकाे विशेषताहरू १) दाेहाेरा श्रेस्ता प्रणालीमा आधारित, २) व्यापक दायरा , ३) सरकारको आर्थिक कार्यप्रणालीसँग सापेक...