Posts

Showing posts from May, 2020

काेभिड-१९ संक्रमितकाे संख्या १३४ पुग्याे

Image
२९ वैशाख, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार साँझ विज्ञप्ति जारी गरी कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १३४ पुगेकाे छ ।  कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका– ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍( ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका-५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा ...

लकडाउन उल्लंघनमा ईमिलिया वासि सक्रिय

Image
सवहर्वस के. सी. , २०७७ बैशाख २१ गते आइतबार   कपिलवस्तु जिल्ला बुद्धभूमी नगरपालिका ९ ईमिलिया निवासी मानिसहरूद्धारा नेपाल सरकारले आव्हान गरेकाे लकडाउन कार्यक्रमलाई जथाभावी उल्लघंन गरिएको पाईएकाे छ। जसमा साेहि नगरपालिका ९ बाट निर्वाचित जनप्रतिनिधि लगायतका वुद्धिजीवी राजनीनिज्ञहरू लकडाउन उल्लंघनमा सामेल रहेका छन् । उनीहरूकाे लकडाउन उल्लंघनकाे थलाे ईमिलियामा रहेकाे मन्दिर बनेकाे छ। ईलाका प्रहरी गाेरूसिङ्गेका प्रहरीहरू घुमिरहेकाेे अवस्थामा मन्दिरमा जम्मा भई बसेका मानिसहरूलाई देखेपछि घर जान अनुराेध गर्दागर्दै नतेरी आनाकानी गरेकाे देखिन पाईरहेकाे छ। जनप्रतिनिधि नै नेपाल सरकारद्वारा आव्हान गरेकाे लकडाउनमा सक्रिय भएकाे पाइएकाे छ। कपिलवस्तु जिल्लामा प्रशासनद्धारा अझ कडाइ गर्नुपर्ने देखिएकाे छ।